मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चिसोमा यसरी गरौ छालाको केयर

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २१, २०७३



  • स्वस्थ शरीरको लागि विभिन्न पोषण चाहिए जस्तै छालाका लगि पनि केयर अवस्यक पर्छ । छालामा पानीको मात्रा ब्यालेन्समा राखेर छालाको जवानी कायम राख्नु पर्छ ।

    arms–कतिपय ठान्छन् , मेकअप गरेको छाला चाँडै बुढो हुन्छ । तर कुरा त्यसो होेइन । फेस स्किनका लागि मेकअप आवश्यक पर्छ । तर, मेकअप प्रोडक्ट, लगाउने तरिका तथा वेलैमा रिमुभ र मेकअप रिमुभपछि लगाउनुपर्ने क्रिमबारे ख्याल गर्नुपर्छ ।

    –सफा गर्दा स्किनको प्रकृतिअनुसारको क्लिन्जिङ मिल्क या काँचो दूध प्रयोग गर्नुपर्छ । यसले छाला बिग्रिन दिँदैन ।२५–३० वर्षको उमेरपछि छाला चाउरिने प्रक्रिया सुरु हुन थाल्छ । यसलाई रोक्न छालामा पोषणको ब्यालेन्स मिलाउनुपर्छ ।

    –छालामा कुनै समस्या आएमा देखासिकीको भरमा उपचार सुरु गर्नु गम्भीर गल्ती हुन्छ । आफ्नो छालाको प्रकारअनुसार मात्रै उपचार गर्नुपर्छ । छालाअनुसार नै आवश्यक प्रोडक्ट प्रयोग गर्नुपर्छ ।

    –छालाको जवानी खुइल्याउने प्रमुख तत्व घाम हो । घामको असरबाट छाला जोगाउनैपर्छ । अल्ट्राभाइलेट किरणका कारण छालामा विभिन्न समस्या निम्तिन्छ । त्यसैले उच्च गुणस्तरको सन प्रोटेक्सन क्रिम घरभित्र बस्दा या बाहिर निस्किँदा नियमित लगाउनैपर्छ ।

    –चिसो हावा र धुवाँ—धुलोले पनि छालालाई रुखो बनाउन भूमिका खेल्छ । रुखो छाला चाँडै विग्रन्छ । त्यसैले स्किनअनुसारको मोस्चराइजर नियमित
    प्रयोग गर्नुपर्छ ।

    –आन्तरिक स्वास्थ्यले छालाको स्वास्थ्यमा प्रभाव पार्छ । विभिन्न आन्तरिक रोग तथा समस्याले छालामा पनि असर पार्छ । आन्तरिक रोग निम्त्याउन धुम्रपान र मद्यपानको ठूलो भूमिका हुन्छ । त्यसैले धुम्रपान र मद्यपानबाट टाढै रहनुपर्छ ।
    ब्यालेन्समा पानी सेवन गर्नाले छालाको चमक कायम राख्न भूमिका खेल्छ । स्वस्थ छालाका लागि हरेक जवान व्यक्तिले दैनिक कम्तीमा आठ गिलास पानी पिउनैपर्छ ।

    –हप्तामा एकपटक फेसियल छालाका लागि जरुरी पर्छ । फेसियलले छालाको डेड सेल्स हटाएर सफा राख्न मद्दत गर्छ भने पोषण पनि पूर्ति गर्छ । फेसियल गर्दा हुने मसाजले फेसमा रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँछ । तर, फेसप्याक छालाअनुकूलको हुनुपर्छ भने फेसियल गर्ने तरिका सही हुनुपर्छ ।
    नियमित शारीरिक व्यायामले शरीर र छाला स्वस्थ राख्छ । मानसिक तनावबाट पनि मुक्त हुनुपर्छ । मानसिक तनावले हर्मोनहरूमा गडबडी ल्याउने र छालामा पनि असर निम्त्याउने गर्छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij