शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

थ्रीडी फोटो खिच्ने संसारको पहिलो स्मार्टफोन, छ चारवटा क्यामरा

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २१, २०७३



  • संसारको पहिलो ट्याङ्गो स्मार्टफोन लेनोभो फ्याब टु प्रो बिक्रिका लागि बजारमा आइसकेको छ । यो स्मार्टफोनलाई लेनोभोले गुगलसँग मिलेर बनाएको हो । प्रयोगकर्ताले यसलाई कम्पनीको वेबसाइटबाट खरिद गर्न सक्नेछन् । यसको मूल्य ५ सय डलर हो (लगभग ५४ हजार नेपाली रुपैयाँ) । यो स्मार्टफोनमा चारवटा क्यामरा भएकाले यो विशेष छ । यसमा तीनवटा रेयर र एउटा फ्रन्ट क्यामरा राखिएको छ । प्रयोगकर्ताले यसबाट थ्रीडि फोटो क्लिक गर्न सक्छन् ।

    प्रोजेक्ट ट्याङ्गो एउटा यस्तो प्रविधिमा आधारित छ जसले केही सेन्सरको मद्दतले स्मार्टफोनको वरिपरिको वातावरणलाई देखेर फोनका लागि विशेष अवेयरनेश जेनेरेट गर्नेछ । त्यसपछि फोनमा त्यो ठाउँको थ्रीडि इमेज तयार गर्नेछ । यो प्रोजेक्ट जोन लीले नेतृत्व गरिरहेका छन् । ट्याङ्गोलाई गुगलको एडभान्स टेक्नोलोजी एण्ड प्रोजेक्ट ग्रुपले बनाएको हो ।

    यसरी बन्नेछ तीनवटा क्यामराले थ्रीडि इमेजः
    स्मार्टफोनमा थ्रीडि मशिन भिजन टेक्नोलोजी दिइएको छ । फोनको क्यामरामा तीनवटा भर्टिकल लेन्स दिइएको छ जसले क्यामरालाई रङको निकै गहिरो जानकारी दिनेछ । त्यस्तै एउटा फिशी लेन्स छ जसका कारण फोटोलाई फराकिलो एंगल प्रदान गर्नेछ । यस प्रकारले जब यो स्मार्टफोनबाट कुनै फोटो क्लिक गरिन्छ तब यो थ्रीडि इफेक्ट्ससँग तयार हुनेछ ।

    स्मार्टफोनको लागि विशेष ट्याङ्गो एपः
    यो स्मार्टफोनका लागि गुगलले विशेष २२ ट्याङ्गो एप तयार गरिएको थियो । यो सबै गुगल प्ले स्टोरमा रहेको छ । यद्यपी, यसले लेनेभो फ्याब टु प्रोमा मात्र काम गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij