मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सिंगै परिवार एचआईभी संक्रमित

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २१, २०७३



  • डोटी  ।  रामबहादुरको उमेर ०५१ सालमा १८ बर्षको थियो । बिपन्न परिवारका राम काम खोज्ने शिलसिलामा स्थानीयको सहयोगमा मुम्बैमा पुगे । मुम्बैमा केही बर्ष काम गरेर डोटी फर्कियर घरजम गरे, फेरी मुम्बै तिरै हानीए ,बेला बेला घर फर्किए तर लामो समय उतै बसे ।

    भरकरै बिहेवारी गरेका रामबहादुर घरको याद भुलाउने गतिलो ठाउँ बेस्यालयलाई नै बनाए । मुम्बैको ब्यस्त शहरमा अपरिचित नारीसंग शाररिक सम्पर्क गर्दा कस्लाई के नै थाहा हुन्छ सम्झेका रामबहादुरले एचआईभी संक्रमित भएको पत्तै पाएनन् ।

    मुम्बैमा संक्रमित भएका रामबहादुर घर फर्किए पछि पत्नी सुस्मा पनि संक्रमित भैसकेकी रहेछन । गाउँमा हिडदैडुल्दै गरेकी सुस्माले आफु संक्रमित हुने कल्पना समेत गरिनन् । २ बर्ष पहिला घर्किदो उमेर र बिग्रदो स्वाथ्यका बिच उपचार गराउन जिल्ला अस्पताल डोटीमा पुगेकी सुस्मा संक्रमित भएको डाक्टरले सुनाएपछी अच्मबित भईन ।

    सुस्माले रामबहादुर लाई पनि चेकजाँच गर्न सल्लाह दिए पनि कैलालीको सेती अञ्चल अस्पतालमा चेक जाँच गरे । चेक गर्दा रामबहादुर मात्र होईन २२ बर्षिय छोरा शुभम, ८ बर्षिय छोरी रन्तीतालाई पनि पोजेटिभ देखियो ।

    रामबहादुरको पाँच सदस्य परिवारमा चार जना संक्रमित रहेपछी निराशा छायो । बाँकी घरमा रहेकी बुहारी लालीलाई जिल्ला अस्पतालमा चेक गर्दा लाली पनि संक्रमित भएपछी पुरै परिवार एचआईभी संक्रमित बन्यो ।

    डोटी जिल्लामा एचआईभी संक्रमण बिशेषगरी कामको सिलसिलामा भारत जानेहरुमा बढी पाईएको र उनिहरु मार्फत बच्चा र श्रीमतिलाई समेत सर्ने गरेको पाईएको छ । त्यसरी सर्नेहरुमा ९० प्रतिसत भन्दा बढी रहेको पाइएको छ । सिंगै परिवार संक्रमित भएको भए पनि एआरटी परामर्श केन्द्रको सम्पर्कमा हाल नरहको जिल्ला स्वाथ्य कार्यालय डोटीका एआरटी काउन्सीलर केपी रेग्मीले बताए । रेग्मीले भने ‘ डोटी जिल्लामा संक्रमित हुनेमा जोडीहरु नै बढी छन । कतीपयका छोरा÷छोरीमा पनि छ ।’

    डोटीमा ९ सय ५ जना एचआईभी, एड्सबाट प्रभाबित रहेका छन् भने एड्स रोगबाट मर्नेको संख्या १ सय १ जना पुगिसकेको छ । डोटीमा आर्थिक बर्ष २०७१÷०७२ मा ८ सय ४६ जना एचआईभी, एड्सबाट प्रभाबित रहेका थिए । आर्थिक बर्ष २०७२÷०७३ को असार मसान्तसम्म ४८ नयाँ पत्ता लागेका थिए भने असारदेखि हालसम्म ११ जना नयाँ संक्रमित थपिएर जम्मा ९ सय ५ मध्य पुरुष ४ सय ५१ जना र महिला ४ सय ५४ जना रहेका छन् । त्यसैगरी संक्रमितहरु मध्य १४ बर्ष मूनिका ४५ जना बालबालिका रहेका छन् ।डोटीमा एचआइभी, एड्सबाट बढी प्रभावित हुने १३ गाविस र एक नगरपालिका रहेकाजिल्ला स्वास्थ्यका एचआइभी, एड्स सम्पर्क व्यक्ति रमेश मलासीले जानकारी दिए ।

    पुरुषहरु लापरवाही गर्छन
    हालसम्म मृत्यु हने एक सय एक जनामा ६६ जना पुरुष र ३५ जना महिला रहेका छन । । पुरुषहरु संक्रमित भईसके पछि उपचार गर्नमा लापर्वाही गर्ने गरेकाले पुरुषहरुको मृत्यु दर बढेको एआरटी काउन्सिलर केपी रेग्मीले बताए । उनले भने ‘ महिलाहरु समय मै उपचार गर्छन, त्यसैले मृत्युदर पनि कम छ तर पुरुषहरु खास वास्ता गर्दैनन् मृत्यु हुनेमा पनि पुरुषको संख्या नै धेरै छ ।’
    स्वास्थ्य प्रति वेवास्ता गर्ने पुरुषहरु रोग प्रतिरक्षा प्रणाली अत्यन्त न्यून भएको अबस्थामा अस्पताल आउने गरेको रेग्मीको अनुभब छ । रेग्मीले भने ‘धेरैका श्रीमतीलाई समय मै संक्रमित भएको पत्ता लागेको हुन्छ, पुरुषलाई पनि चेक गर्न सल्लाह दिएका हुन्छौं तर मान्दैनन् त्यही सल्लाह नमानेका कारण कयौंको ज्यान गएको छ ।’
    डोटीका प्रभाबित व्यक्तिहरु मध्य ५ सय १२ जनाले एआरटी प्रयोग गरिरहेका छन । एचआईभी, एड्स संक्रमित (प्रभावित) सुदूरपश्चिमका जिल्लाहरु मध्य डोटी तेस्रो जिल्लामा रहेको पाईएको छ । सुदूरपश्चिमको सबै भन्दा प्रभावित भई एआरटी औषधि प्रयोग गर्ने जिल्लामा कैलाली पर्दछ भने त्यसपछि अछाम जिल्ला पर्दछ ।

    एचआईभी, एड्सबाट प्रभाबित व्यक्तिहरुलाई अहिलेसम्म जिल्ला अस्पतालबाट मात्र एआरटी सेवा प्रयोग गरिरहेका भएपनि आगामी दिनहरुबाट डोटीको सानागाउँ गाविस स्थित स्वास्थ्य चौकीबाट समेत एआरटी औषधि बितरण कार्य हुने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij