मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

२०२० को अन्त्यसम्म कोरोनाभाइरस भ्याक्सिनको २ करोड डोज तयार हुने

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १९, २०७७



  • काठमाडौं। जर्मनीको बायोएनटेक कम्पनीसँग मिलेर कोरोनाभाइरस विरुद्धको भ्याक्सिन विकासको काम गरिरहेको अमेरिकी औषधी निर्माता कम्पनी फाइजरले २०२० को अन्त्यसम्म २ करोड डोज भ्याक्सिन उत्पादन गर्ने लक्ष्य राखेको छ । परीक्षण परिणामको आधारमा यो डोज तयार हुने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुखले बिहीबार यसको जानकारी दिएका हुन् ।

    फाइजर भ्याक्सिनका प्रमुख नानेट कोसियेरोले भने ‘निश्चित रुपमा हामीले यो हेर्नु र प्रतिक्षा गर्नु जरुरी छ कि आगामी महिनामा भ्याक्सिनको सुरक्षा र प्रभावकारिता कसरी प्रदर्शित हुन्छ । उनले यो वर्षको अन्त्यसम्म १ देखि १ करोड उत्पादनको प्रयास गरिरहेको जानकारी दिँदै आपतकालीन अवस्थामा यो औषधीको उपयोग गर्न सकिने आशा व्यक्त गरे ।

    यी दुई कम्पनीले कोरोनाभाइरसका लागि ४ सम्भावित भ्याक्सिनमा काम गरिरहेका छन् । यी मम्पनीले अप्रिल महिनाको सुरुमा जर्मनीमा यसको क्लिनिकल ट्रायल सुरु गरेका थिए । एउटा नयाँ भ्याक्सिनले सामान्य उपयोगका लागि अनुमति पाउन वर्षौं लाग्न सक्छ तर कोभिड १९ महामारीलाई हेर्दा यो भाइरसविरुद्ध प्रयोगात्मक भ्याक्सिनलाई आपतकालीन स्थितिमा प्रयोगको अनुमति चाँडै दिन सकिन्छ ।

    विश्व स्वास्थ्य संगठनले प्रयोगात्मक भ्याक्सिन तयार गर्न १२ देखि १८ महिना लाग्न सक्ने बताएको थियो । लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका अनुसार विश्वभरमा १०० भन्दा धेरै प्रयोगशालाहरु कोरोनाको भ्याक्सिन तयार गर्न जुटेका छन् । तर, अहिलेसम्म ७ प्रयोगशाला मात्र क्लिनिकल ट्रायलको चरणमा पुग्न सकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij