मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हालसम्म ६० हजारमा गरियो कोरोना परीक्षण

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १९, २०७७



  • काठमाडौं । सरकारले हालसम्म ६० हजार ३ सय ७४ जनामा कोभिड–१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५ सय ७७ को (पिसिआर) विधिबाट र ४७ हजार सात सय ९७ जनाको (आरडिटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ ।

    मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २४ हजार ९ सय ७ क्वारेन्टाइनमा रहेका र ९४ जना आइसोलेसनमा रहेका जानकारी दिए। आइसोलेसनमा रहेकामध्ये काठमाडौँ उपत्यकामा ५ जना रहेका छन् भने अन्य बाहिरका रहेका जानकारी गराइएको छ ।

    गत २४ घण्टामा थप १ हजार ४ सय ४७ वटा परीक्षण गरिएको छ । आज कोरोना सङ्क्रमित पुष्टि भएका दुईसँगै हालसम्म नेपालमा ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् । आज सङ्क्रमण भएका दुवै जना पुरुषलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

    टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ वर्षीर्य र बाँकेको नेपालगञ्जका ६० वर्षीयमा सङ्क्रमण देखिएको हो । हालसम्म सङ्क्रमितमध्ये ४९ पुरुष छन् भने १० महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । त्यसैगरी, रेडजोनमा ३ सय १५ रहेका र तीनको स्वास्थ्यकर्मीमार्फत सम्बोधन भइरहेको छ । कोरोना भाइरसबारे जानकारी लिनका लागि स्वमूल्याङ्कन फारम हालसम्म २९ हजार ३ सय ८४ ले भरेका छन् ।

    पछिल्लो सयम केही स्थानमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु नभएको गुनासो प्राप्त भएको भन्दै अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित सबै अस्पताललाई पुनः आग्रह गरिएको छ । आगामी दिनमा पनि बिरामीले सेवा नपाएको गुनासो आए मन्त्रालयले अनुगमन गरी कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले खोपजन्य सामग्री कम्तीमा तीन महिनासम्मलाई पुग्ने हुँदा विभिन्न जिल्लामा स्थानीय तहसँग समन्वय गरेर नियमितरुपमा खोप अभियान सञ्चालन गर्न आग्रह गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij