शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

लकडाउनमा श्रीमती माइतीमै फसिन्, यता श्रीमानले प्रेमिकासँग बिहे गरे

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ८, २०७७



  • काठमाडौं। कोरोनाभाइरस संक्रमणका कारण गरिएको लकडाउनमा निकै रोचक घटना भएको छ । लकडाउनको फाइदा उठाउँदै श्रीमानले प्रेमिकासँग बिहे गरेका छन् । भारतको बिहार राज्यको राजधानी पटनादेखि ६० मिलोमिटरको दूरीमा रहेको दुल्हन बजार क्षेत्रमा श्रमिानले लकडाउनका फाइदा उठाउँदै प्रेमिकासँग बिहे गरेको आज तकको समाचारमा उल्लेख छ ।

    लकडाउनभन्दा अगाडि गुडिया देवी श्रीमती माइती गएकी थिइन् । उनी माइतीमै रहँदा लकडाउन सुरु भएपछि उनी उतै फसिन् । पछि उनले थाहा पाइन् कि उनका श्रीमान धीरज कुमारले उनको अनुपस्थितिको फाइदा उठाउँदै आफ्नी प्रेमिकासँग बिहे गरे । धीरज र गुडियाका १० वर्षका छोरा पनि छन् । श्रीमानको कर्तुत थाहा पाएपछि श्रीमती गत हप्ता दुल्हन बजार थानामा गएर श्रीमानविरुद्ध उजुरी दिइन् ।

    उजुरीपछि पुलिसले धीरजलाई पक्राउ गरेर जेल पठाएको छ । धीरजले श्रीमती माइतीबाट नफर्केको रिसमा प्रेमिकासँग बिहे गरेको बयान दिएका छन् । गुडियाका अनुसार उनका पतिको पहिलेदेखि नै ती महिलासँग सम्बनध थियो जसको कारण उनीहरुको घरमा झगडा पनि भइरहन्थ्यो । अहिले धीरजले उनै महिलासँग बिहे गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij