प्रकाशित मिति : आइतवार, जेष्ठ ११, २०७७
सल्यान बागचौर नगरपालिकामा एक जनामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ देखिएको छ । थारमारेको क्वारेनटाइनमा बसी रहेका एक युवाको आरडिटी पोजेटिभ आएको नगरपालिकाले जनाएको छ ।
रामेछापबाट केही दिन अघि मात्र सल्यान आएका उनमा आरडिटी पोजेटिभ देखिएको उपमेयर कल्पना पुनले बताइन । क्वारेनटाइनमा रहेका पाँच जनाको टेष्ट गर्ने क्रममा उनमा पोजेटिभ देखिएको उनको भनाई छ ।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको र आज नै पीसिआर परीक्षणका लागि स्वाब संकलन गरिने र प्रदेश अस्पताल सुर्खेतमा पठाइने बताइन ।
स्वास्थ्यको टोलीले कोटबारा र वाफुँखोलाका क्वारेनटाइनमा बसी रहेका नागरिकहरुको पनि आरडिटी परीक्षण गरि रहेको सबैको रिर्पोट पनि आज नै आउने उपमेयर पुनको भनाई छ ।
सल्यानमा पछिल्लो समयमा स्वास्थ्य परीक्षण विनानै सयौं सल्यान जिल्ला प्रवेश गरी रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij