शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बोल्ड दृश्यले भरिएका छन् यी १० फिल्म, परिवारसँग हेर्दा हुनसक्छ आपत्

  • प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७३



  • सन् २०१५ मा आएका इरोटिक हलिउड फिल्म ‘५० शेट्स अफ ग्रे’ को दोस्रो पार्ट चाँडै नै रिलिज हुँदै छ । बोल्ड र इरोटिक दृश्य भएताा पनि यसको पहिलो भागलाई निकै रुचाइयो । यो फिल्मलाई धेरै देशमा प्रतिबन्ध गरिएको कारण यसलाई धेरै मानिसहरुले बन्द कोठामा हेरे । यसको कन्टेन्ट यस्तो थियो जुन परिवारसँग बसेर हेर्न सकिँदैनथ्यो । आज हामी तपाईंलाई यस्तै फिल्मबारे जानकारी दिँदै छौं ।

    ५० शेड्स अफ ग्रे (सन् २०१५)
    सन् २०१५ मा रिलिज भएको इरोटिक फिल्म कसैले पनि सायद परिवारसँग बसेर हेरेका छैनन् होला । यद्यपी, डकोटा जनसन र जेमी डोरनन स्टारर यो फिल्म निकै चर्चित रह्यो । बोल्डनेसको सबै सीमा पार गरेको यो फिल्मले बक्सअफिसमा ३३८४ करोड भारु कमाउन सफल भएको थियो ।
    टाइटानिकः
    लियोनार्दो डिक्याप्रियो र केट विन्सलेट स्टारर ‘टाइटानिक’ का केही दृश्य तपाईंलाई अझै याद होलान् । ९० को दशकको यो फिल्ममा लियोले जब नग्न केटको स्केच बनाए तब हलमा बसेका सबै दर्शकको आँखा झुक्यो ।
    नेबर्स (सन् २०१४)
    निकोलस स्टोलरको कमेडी फिल्म ‘नेबर्स’ एक जोडीको कहानी हो जसले चाँडै नै आफ्नो बच्चालाई जन्म दिँदैछन् । यसैबिच उनीहरुको छिमेकीबाट एउटा यस्ता व्यक्तिको आगमन हुन्छ जसले उनीहरुलाई निकै तनाव दिन्छन् । यो फिल्ममा थुप्रै दृश्यहरु परिवारसँग बसेर हेर्न नमिल्ने किसिमका छन् ।
    अमेरिकन पाई सिरिज (सन् १९९९–२०१२)
    यो सिरिजको चार सेक्स कमेडी फिल्म अमेरिकन पाई (सन् १९९९), अमेरिकन पाई टु (सन् २००१), अमेरिकन वेडिङ (सन् २००३) र अमेरिकन रि–युनियन (सन् २०१२) ले बक्सअफिसमा धमाका प्रस्तुत गरे । स्कूल–कलेजको जीवनमा आधारित यो फिल्ममा सेक्सका दृश्यहरुलाई यसरी पस्किएको छ कि यो परिवारसँग बसेर हेर्नै नमिल्ने छ ।
    अमेरिकन ब्यूटी (सन् १९९९)
    निर्देशक स्याम मेन्डेसको निकै राम्रो फिल्म मध्येको फिल्म हो ‘अमेरिकन ब्यूटी’ । फिल्मको कहानी एक अधवैंशे महिलाको हो जसले आफ्नै छोराको मिल्ने साथीबारे नचाहिँदो सोच्छिन् । फिल्मका केही दृश्य निकै आपत्तिजनक छन् ।
    सेक्स टेप (सन् २०१५)
    सन् २०१५ मा रिलिज क्यामरन डियाज र जेसन सेजल स्टारर फिल्म ‘सेक्स टेप’ एउटा यस्तो विवाहित जोडीको कहानी हो जसले आफ्नो सेक्स टेप बनाउँछन् । फिल्ममा यो जोडीको इन्टिमेट दृश्यले परिवारसँग बसेर हेर्दा अप्ठेरो बनाउन सक्छ ।
    फ्रेन्ड्स विद बेनिफिट्स (सन् २०११)
    जस्टिन टिम्बरलेक र मिला कुनिस स्टारर रोमान्टिक कमेडी फिल्म ‘फ्रेन्ड्स विद बेनिफिट्स’ लाई युवापुस्ताले निकै रुचाएको फिल्म हो । फिल्ममा दुई यस्ता साथी छन् जो भावनात्मक सम्बन्ध बिना सेक्स पार्टनर बन्नका लागि राजी हुन्छन् । फिल्मका बोल्ड कन्टेन्ट परिवारसँग बसेर हेर्न लायक छैन ।
    टेड (सन् २०१२)
    निर्देशक सेथ म्याकफरलानको फिल्म ‘टेड’ त्यो व्यक्तिको कहानी हो, जसको टेडी बियरले साधारण मानिसले गर्ने सबै काम गर्नसक्छ । यो टेडीले महिलालाई जिस्काउँछ र उनीहरुसँग शारिरिक सम्बन्ध पनि राख्न सक्छ ।
    एन्टीक्रिस्ट (सन् २००९)
    कान्स फिल्म फेस्टिवल सन् २००६ मा ‘एन्टीक्रिस्ट’ ले निकै चर्चा कमाएको थियो । तर रिलिज पूर्व नै फिल्म आफ्नो बोल्ड कन्टेन्टका कारण निकै विवादित रह्यो । फिल्मको पहिलो दृश्यमा नै मानिसहरु सेक्स गरिरहेको देखिन्छ ।
    बोराटः
    सन् २००६ मा रिलिज भएको फिल्ममा साचा ब्यारोन कोहेनको मुख्य भूमिका रहेको छ । फिल्ममा निकै उच्छृङ्खल दृश्यहरु देखाइएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij