मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आरडिटी परीक्षण पछि घर पुगेका १ सय १३ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २५, २०७७



  • काठमाडौं । दैलेखमा क्वारेन्टाइनबाट घर फर्काइएको दुई दिनपछि १ सय १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दैलेखको नारायण नगरपालिकामा मात्रै आरडिटी परीक्षणको नतिजाको आधारमा घर पठाइएका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बताए ।

    दुई दिन अघिमात्रै आरडिटी परीक्षणका आधारमा घर पठाइएका ९५ जना संक्रमतिलाई खोजेर आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । नारायण नगरपालिकामै संक्रमित भएको थाहा नभएका करिब ७० जना घरमै रहेका र उनीहरुलाई सम्पर्क गरेर छुट्टै राख्ने तयारीमा जुटिरहेको खड्काले बताए ।

    आरडिटी परीक्षणको नतिजाको आधारमा ढुक्क भएर घरमा गएका उनीहरुबाट समुदायमा कोरोना संक्रमण फैलिने जोखिम भएको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटकलअनुसार आरडिटी परीक्षणमा नेगेटिभ नतिजा आएकालाई घरमा पठाउने उल्लेख गरिएको छ । मन्त्रालयको प्रोटकललाई आधार मानेर आरडिटी परीक्षणमा नेगेटिभ आएकालाई घरमा पठाउदा गाउँ नै जोखिममा परेको हो । भारतबाट आएका ९५ जना संक्रमतिलाई १३ दिन भन्दा बढि क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी पिसिरआर विधिबाट परीक्षण गर्न पठाउँदा समयमै नजिता नआएका कारण संक्रमणको जोखिम झन् बढेको उनले बताए ।

    पिसिआर परीक्षणको नतिजा आउन ढिला भएपछि आरडिटी परीक्षण गरेर उनीहरुलाई पठाइएको उनले बताए । घर पठाइएकामध्ये १ सय १३ जनाको पिसिआर विधिबाट परीक्षण नतिजा पोजेटिभ आएको २ दिन अघि मात्रै थाहा पाएको उनले बताए । क्वारेन्टाइमा बस्नेहरुको ८ दिनअघि मात्र पिसिआर विधिबाट परीक्षण गर्न स्वाब संकलन गरी सुर्खेत पठाइएको थियो । सुर्खेतमा प्राविधिक समस्या भएका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए ।

    प्रतिष्ठानबाट नतिजा आउन ढिला भएपछि आरडिटी परीक्षण गरेर उनीहरुलाई घर पठाइएको हो । स्थानीय स्रोत साधनले मापदण्डअनुसार क्वारेन्टाइन–आइसोलेसन बनाउन समस्या भइरहेको समेत उनले बताए । ‘प्रदेश र केन्द्रिय सरकारको सहयोगमा भारतबाट फर्किएकालाई क्वारेन्टाइन, आइसोलेसन र परीक्षण गर्न सकिन्छ नभए स्थानीयतहलाई समस्या हुन्छ,’ उनले भने ।

    संंक्रमितहरु घरमा गएका कारण दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकामा संक्रमण फैलिएर भयावह हुने अवस्था सृजना भएको जनप्रतिनिधिहरु बताउन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सहायक प्रमुख इन्द्र बहादुर क्षेत्रीकाअनुसार संक्रमितलाई सम्र्पकमा ल्याएर आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । स्वाब संकलन गरेर पिसिआर विधिबाट परीक्षणमा पठाएको १७ दिनसम्म नतिजा नआउँदा समस्या भएको उनले बताए ।

    पिसिआर विधिबाट गर्ने परीक्षणको नतिजा कुन ठाउँबाट छिटो आउँछ, कहाँ स्वाब पठाउने भन्ने बारेमा छलफल भइरहको समेत उनले बताए । दैलेखमा हाल ९ हजार ३ सय ४२ जना क्वारेन्टाइनमा छन् । ३ सय ५२ जना आइसोलेसनमा रहेका छन् । क्वारेन्टाइमा बसेकालाई पिसिआर विधिबाट परीक्षण गर्न समेत समस्या भएको क्षेत्रीले बताए । कोरोना संक्रमणको उच्च जोखिम भएकाले नारायण, दुल्लु नगरपालिका र महाबु गाउँपालिकामा शुक्रबार साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij