मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

बिद्युत चुहावट रोक्ने उर्जामन्त्रीको नयाँ सूत्र

  • प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३



  • बिराटनगर ।  उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत चुहावट नियन्त्रणमा उपभोक्तालाई प्रत्यक्ष सहभागी गराउने योजना अघि सारेका छन् । मोरङको रङगेलीमा स्थानीय उपभोक्ता र प्राधिकरणका कर्मचारीबीचको संयुक्त अन्तरक्रियामा बोल्दै उनले यस योजना बारे बोर्डमा छलफल शुरु भएको जानकारी दिएका हुन ।
    मन्त्रीले भने
    –डण्डा लगाएर मात्र चुहावट रोक्न सकिँदैन, यसमा उपभोक्ताहरुको सक्रिय सहभागिता हुने खालको संरचना बनाइ परिचालन गर्नुपर्छ । प्राधिकरण बोर्डमा छलफल गरी ठोस योजना ल्याइनेछ ।
    –बिद्युत चोरी र चुहावट गर्ने कार्यलाई कानुनले नै सार्वजनिक अपराध घोषित गरेको अवस्थामा यस्तो अपराध नियन्त्रण गर्न नयाँ कार्ययोजना अघि सार्नुपर्ने भएको छ ।
    अब सोलार पाता बिना इन्भर्टर राख्न नपाइने
    –सोलार पाता विना घरमा इन्भर्टर चलाउन नपाईने निर्णय सरकारले गरेको छ । इन्भर्टर चलाउनेहरुले घरको छतमा अनिवार्य रुपमा सोलार पाता जडान गरेको हुनुपर्छ । त्यसो नगरेको पाइए नियम अनुसार कार्वाही हुन्छ । इन्भर्टरले लोडसेडिङ न्यूनिकरण अभियानमा अवरोध गर्ने भएकोले यस्तो निर्णय गरिएको हो ।

    मन्त्री शर्माले भने – अब लोडसेडिङको तालिका बाँड्ने हिम्मत कसले गर्छ ?
    –उर्जामन्त्री शर्माले अब जनतालाई लोडसेडिङको तालिका बाँड्ने हिम्मत कसैसँग पनि नभएको ठोकुवा गरे ।
    –अब लोडसेडिडङको तालिका बाँड्न को मन्त्री आउने रहेछ हेरौंला नि !
    –अब ढुक्क हुनोस् लोडसेडिङ गराएर कमिशन असुल्ने आँट कसैले गर्न सक्नेछैन ।
    –नेपालको पानी, जनताको लगानी’ नामक ३७ बुँदे कार्ययोजनामा आगामी ५० देखि एक सय वर्षसम्मको लागि बिद्युत संकट समाधान हुने रणनीति बनाइएको छ ।

    प्राधिकरणको एमडी बन्न १० करोडको अफर !
    उर्जामन्त्री शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन ५ जना व्यक्ति १० करोडको अफर लिएर आफुकहाँ आएको खुलासा गरे । तर आफुले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेको उनको भनाइ छ । “मैले त्यस्तो अफर स्वीकार गरेको भए तपाइहरु जस्तो उद्योगपति म पनि हुनसक्थेँ हुँला तर मैले त्यो बाटो रोजिन, परिणामस्वरुप आज जनताको घर आँगन झिलिमिली भएको छ ।”उनले भने ।

    वाहवाही कायम राख्न लागिपरौं : उर्जासचिव
    उर्जा सचिव अनुप उपाध्यायले लोडसेडिङ हटाएर जनताबाट पाएको वाहवाही र सदभावलाई कायम राख्न कडा मेहेनतका साथ लागिपर्न कर्मचारीहरुलाई निर्देशन दिए । उर्जामन्त्रीको कुशल राजनीतिक नेतृत्व र कार्यकारी निर्देशकको सक्षम व्यवस्थापनको कारण लोडसेडिङ हटेको भन्दै यसलाई सुख्खायाममा पनि निरन्तरता दिन फिल्डमा खट्ने कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

    लोडसेडिङ न्यूनिकरण होइन, लोडसेडिङ अन्त्य ः कुलमान
    नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले काठमाडौंमा पत्रकार सम्मेलन गरी फागुनदेखि बैशाखसम्म काठमाडौंमा लोडसेडिङ नभए कुनै पनि सार्वजनिक पद धारण नगर्ने चुनौति दिँदै गर्दा वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले भने लोडसेडिङ न्यूनिकरणको कार्ययोजनालाई लोडसेडिङ अन्त्यको कार्ययोजनामा बदल्ने उद्घोष गरे ।
    – मोरङ व्यापार संघले आयोजना गरेको अन्तरक्रियामा उनले लोडसेडिङ न्यूनिकरण अभियानमा प्राधिकरणले सफलता हात पारेको भन्दै अब मुलुकबाट लोडसेडिङ पूर्ण रुपमा अन्त्य गर्ने उत्साह मिलेको बताए । यो अभियानमा सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गरे ।

    स्थानीयका गुनासा : प्राधिकरणले ३ महिनासम्म मिटर रिडिङ गर्दैन, उल्टै जरिवाना तिराउँछ
    –रङगेली क्षेत्रका विद्युत ग्राहकहरुले प्राधिकरणले ३ महिनासम्म मिटर रिडिङ नगर्ने तर उल्टै ग्राहकलाई जरिवाना तिराउने गरेको भन्दै आक्रोश पोखेका छन् ।
    –मिटर रिडिङ गर्न आफै पनि नजाने, बोलाउदा पनि नआउने तर बिल तिर्न ढिला गरेको भन्दै ३ महिनापछि जरिवाना असुल्ने काम तत्काल बन्द गर्न उनीहरुले प्राधिकरण नेतृत्वको ध्यानाकर्षण गराए ।
    –यस्तै विद्युत महशुल काउण्टरको अभावमा कयौं ग्राहकहरुले १ सय रुपिँया बिल तिर्नको लागि ३ सय रुपिँया भाडा तिरेर लाइन बस्न आउनुपरेको गुनासो गरेका छन् ।
    –यो समस्या समाधान गर्न तत्कालको लागि मोबाईल काउण्टर संचालन गर्न उर्जामन्त्रीले निर्देशन दिनुभयो ।
    –निकट भविश्यमा स्मार्ट मिटर जडान गरी मोबाइल फोनको जस्तै रिचार्ज कार्ड सिष्टमबाट बिल तिर्ने व्यवस्था मिलाउन लागिएको भन्दै मन्त्री शर्माले तत्काल सुरक्षाकर्मी सहितको मोबाईल काउण्टर संचालन गर्न प्राधिकरण नेतृत्वलाई ‘अन द स्पट’ निर्देशन दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij