मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

७१ जना पत्रकारलाई कोरोना संक्रमण

  • प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०७७



  • काठमाडौं । देशका विभिन्न भूभागमा कार्यरत ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालकाअनुसार  देशका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका हुन् ।

    प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् । जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना छन् ।  यस्तै, प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन्, जसमा पर्सामा १३, बारामा ४, धनुषामा २, सप्तरीमा ३, सर्लाहीमा ३, महोत्तरीमा १ र रौतहटमा १ जना संक्रमित भएको सचिव दाहालले रातोपाटीलाई जानकारी दिए ।

    यता बागमती प्रदेशमा भने ११ जना पत्रकार संक्रमित भएका छन् ।  जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएका हुन् ।  त्यस्तै गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । उनीहरु कास्कीका १ जना र नवलपुरका ७ जना हुन् ।

    प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति भएका छन् । कर्णाली प्रदेशको दैलेखमा १ जना पत्रकार संक्रमित भएका छन् ।  संक्रमितमध्ये केही पत्रकार निको भएर घर फर्किएको र केही उपचारको क्रममा रहेको पत्रकार महासंघले जनाएको छ ।

    विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको भन्दै महासंघले विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनीहरुको निःशूल्क पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij