मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०७७



  • जनकपुर । प्रदेश नम्बर २ मा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण एक महिला सहित ५ जनाको मृत्यु भएको हो ।

    बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ७७ वर्षीय एक पुरुष, महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ४ बस्ने ३७ वर्षीय एक पुरुष, सोही नगरपालिका वडा नम्बर ५ बस्ने ७४ वर्षीय एक पुरुष, महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर २ स्थित सिंगयाही बस्ने ६० वर्षीय एक पुरुष र सिरहाको लहान नगरपालिका वडा नम्बर ९ बस्ने ६५ वर्षीया एक महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

    कोरोना संक्रमणबाट प्रदेश नम्बर २ मा अहिलेसम्म १२ महिला र ६५ पुरुष गरि कुल ७७ जनाको मृत्यु भईसकेको छ  ।कोरोनाबाट सबैभन्दा बढी पर्सामा ३०, बारामा १३, धनुषामा १२, महोत्तरीमा ६, सप्तरीमा ५, सिरहामा ५, सर्लाहीमा ३ र रौतहटमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    बिहीबार कोरोना संक्रमणबाट प्रदेश नम्बर २ मा ८ जनाको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij