प्रकाशित मिति : सोमवार, भदौ २२, २०७७
वीरगन्जमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
वीरगन्ज हेल्थ केयर अस्पतालको आइसियूमा उपचाररत् ५४ वर्षीय पुरूषको सोमबार मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।
वीरगन्ज महानगरपालिका ३० निवासी उनलाई गत भदौ १५ गते अस्पताल भर्ना गरिएको थियो।
सोही दिन पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।
डा. चौरसियाले मृतक पुरूष किड्नी रोगी रहनुका साथै मधुमेह र रक्तचापका बिरामी समेत हुन्।
मृतक पुरूषको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।
सोमबार नै कोरोना शंकास्पद २३ वर्षीय युवकको पनि वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ। उनको पिसिआर रिपोर्ट भने आउन बाँकी छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij