मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उपत्यकामा थपिए ४३१ संक्रमित, ५ जनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, भदौ २७, २०७७



  • काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा १७१ महिला र २६० पुरुष गरी थप ४३१ कोरोना संक्रमित थपिएका हुन्।

    आज काठमाडौंमा ३७७ (१५० महिला, २२७ पुरुष), भक्तपुरमा १७ (५ महिला, १२ पुरुष), ललितपुरमा ३७ (१६ महिला, २१ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ७६ वर्षिया महिला तथा ५१ र ५४ वर्षिय दुई पुरुष रहेका छन्। यस्तै भक्तपुरमा ३८ र ७२ वर्षिय दुई पुरुषको निधन भएको छ।

    उपत्यकामा शुक्रबार ६९६ जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर एक हजार २०१ जनामा कोरोना संक्रमण देखिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij