मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नवजात शिशु बिरामी परे यो नम्बरमा फोन गर्नूस्

  • प्रकाशित मिति : शुक्रबार, पुस १, २०७३



  • नेपालमा पहिलो पटक नवजात शिशु स्याहार सल्लाह केन्द्र स्थापना, समस्या परे ५१५९२६६ नम्बरमा फोन गर्नुस् :

    भनिन्छ, हरेक सफलताका लागि कसैबाट प्रेरणा मिल्छ । इच्छाशक्ति र निरन्तर लगाव भएमा सोचेका धेरै सपना पूरा हुने तर्क छ वरिष्ठ नवजात शिशु विशेषज्ञ डाक्टर विनोदकुमार शाहको । वि.सं. २०३३ मा सिराहाको सामान्य परिवारमा जन्मिएका शाह सानैदेखि जेहेन्दार थिए । सामान्य उपचारको अभावमा शाहका २ जना दिदीहरुको शिशु अवस्थामै मृत्यु भएको थियो । शाह बुझ्ने भएपछि जब यी कुरा सुने त्यसबेलादेखि नै मानिसलाई मृत्युको मुखबाट बचाउँछु भन्ने लागेको शाह बताउँछन् । २०५० मा शाहले एसएलसी उत्तीर्ण गरेपछि सरकारले मेडिकल शिक्षामा प्रदान गर्ने छात्रावृत्तिमा नाम निकाली अध्ययनका लागि टर्की गए । शाहले टर्कीमा १६ वर्ष अध्ययनसँगै यसै क्षेत्रमा काम गरे । टर्कीमा मेधावी विद्यार्थी र चिकित्सक हुँदा धेरै पुरस्कार प्राप्त गरे ।


    टर्कीको चिकित्सा प्रणालीबाट शाह धेरै उत्साहित भएका छन् । अशिक्षा, अन्धविश्वास र गरिबीको चपेटामा रहेका अधिकांश नेपालीमा त्यहाँ सिकेको अनुभव प्रयोग गर्ने प्रमुख ध्येयले नेपाल आएको शाह बताउँछन् । नेपालमा विशेष गरेर नवजात शिशुको स्वास्थ्य अवस्था धेरै नाजुक छ । प्रत्येक १००० शिशुमा ४० जनाको सचेतता र सामान्य उपचारको कमीले मृत्यु हुने गरेको छ । जब कि विकसित मुलुकमा २ वा ३ शिशुको मात्र मृत्यु हुन्छ, त्यो पनि गम्भीर रोगका कारण ।

    शाहले नेपालमै पहिलो पटक नवजात शिशु स्याहार सल्लाह केन्द्र स्थापना गरेका छन् । काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शाहले ३ जनाको टिम बनाई यो सेवा दिएका छन् । यो टीमले उनीहरुको सम्पर्कमा आएका नवजात शिशुका अभिभावकलाई बच्चाको अवस्था, उसलाई दिनुपर्ने स्याहार, सुसारलगायत आवश्यक सबै कुरा सिकाइन्छ ।
    शिशुलाई घर लगिसकेपछि पनि हप्ता दस दिनसम्म पटक पटक फोन गरेर बच्चाको स्वास्थ्यका बारेमा र गर्नुपर्ने कुराहरु सिकाइन्छ । कुनै जटिलता आइपरे समधानको उपाए सिकाउँदा निको हुने भए अस्पताल जानुपर्ने झन्झटबाट मुक्त हुने टिमको अनुभव छ । शाह भन्छन्ः नवजात शिशुमा कुनै समस्या आयो भने अभिभावकले ५१५९२६६ नम्बरको टेलिफोनमा सम्पर्क गरी लाभ लिन सक्नु हुन्छ, यो निःशुल्क सेवा हो । अहिले यो सेवा बिहान १० बजेबाट बेलुका ५ बजेसम्म दिइन्छ । तर अब केही समयभित्रै २४सै घण्टा यो सेवा दिने ओजना छ । यति मात्र हैन, सरकारसँग समन्वय गरी सरकारको प्रतिनिधि १, स्थानीय तहको स्वास्थ्य सेवामा कार्यरत १ र शाह गरी ३ जनाको टिम बनाई ७५ वटै जिल्लाका दुर्गम ठाउँ पहिचान गरी यो सेवा प्रदान गर्ने शाहको योजना छ । जसले गर्दा नवजात शिशुको बारेमा जनचेतना जगाउनुका साथै मृत्युदर न्यून पार्ने योजना छ । यसका लागि सरोकारवालासँग आवश्यक तयारी छिट्टै गर्ने कुरा उनले बताए ।

    यस्तो सेवा लिएका काठमाडौं धापासीकी काजु शाही र नवीन शाहीका अनुसार डाक्टर शाहले शिशु र अभिभावकप्रति चिकित्सकको मात्र होइन अभिभावकीय भूमिका निर्वाह गरेको र यो सेवाबाट धेरै लाभान्वित हुने छन् । आगामी दिनमा यो सेवा दुरदराजमा पुगे धेरै राम्रो हुने थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij