मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

संक्रमित एक लाख नाघे

  • प्रकाशित मिति : शनिबार, अशोज २४, २०७७



  • काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । योसँगै संक्रमणको अवस्था डरलाग्दो बनेको छ । शुक्रबार देशभर २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

    पछिल्लो एक हप्तामा ९६ हजार ५ सय ५१ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा १८ हजार २ सय २६ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा प्रत्येक पाँच जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् ।

    हालसम्म ६ सय जना संक्रमितको मृत्यु भएको छ । देशभर ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्ला तीन महिनायता सबैभन्दा बढी असोजमा संक्रमित थपिएका छन् । संक्रमणदरको ग्राफ दिन प्रतिदिन चुलिँदै गएको आजको राजधानी दैनिकमा खवर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij