सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

४० करोडको सुपर कारको धज्जी उडाएर युट्युबरले बनाए भिडियो

  • प्रकाशित मिति : शनिबार, मंसिर ६, २०७७



  • काठमाडौं। १७ वर्षका एक किशोरले ४० करोडको सुपरकारको धज्जी उडाएर भिडियो बनाएका छन् । यो इटलियन पगायनी हुआएरा रोडस्टर सुपरकारको मूल्य ४.४ मिलियन डलर थियो र यो कार अमेरिकाको टेक्सस राज्यको ड्यालसमा दुर्घटना भएको थियो । कारबजको रिपोर्टअनुसार यी किशोरको नाम गेज गिलियन हो र उनका पिता अरबपति व्यवसायी हुन् ।

    गेजले यो घटनापछि एउटा भिडियो बनाएका छन् जसमा उनले दुर्घटनाको बारेमा कुरा गरेका छन् । उनले आफूलाई जीवनमा दोस्रो मौका दिएकोमा भगवानलाई धन्यवाद दिएका छन् । कारको दुर्घटना कसरी भयो भन्ने प्रस्ट भएको छैन । यो कार सिधै गएर एउटा रुखसँग ठोक्किएको मानिएको छ । यो दुर्घटनाको समयमा गेजसँग गाडीमा उनका युट्युबर साथी ज्याक वाकर थिए । रिपोर्टका अनुसार गेजका पिताले गएको जूनमा मात्र यो कार किनेका थिए । गेजका पितासँग रल्स रोय डन, फरारी, लेम्बोर्गिनी र म्याकलरेन कार पनि छन् ।

    गेजका पिताको नाम टिम गिलियन हो र उनी अमेरिकाको इक्विटी फर्म क्रस इक्विटीका संस्थापक हुन् । रिपोर्टका अनुसार दुर्घटनाको बेला कारका एयरब्याग खुलेका थिए । प्रत्यक्षदर्शीका अनुसार कार क्षतविक्षत भएको थियो । उनका अनुसार कारमा बसेकाहरु निकै भाग्यमानी थिए त्यसैले उनीहरुलाई चोट लागेन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij