प्रकाशित मिति : शुक्रबार, मंसिर १२, २०७७
लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना५ख ५५१८ नम्बरको माँ शेरावाली बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका– ११ भलुवाही निवासी २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुवै सवारी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij