प्रकाशित मिति : शनिबार, मंसिर १३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं मोडेल अस्पतालमा उपचाररत पार्टी नेता स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।
शनिबार अपरान्ह अस्पताल पुगेर अध्यक्ष प्रचण्डले नेता पन्तलाई भेटी स्वास्थ्यअवस्थाको जानकारी लिदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
पन्त पेटसम्बन्धी समस्या आएपछि अस्पताल भर्ना भएका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij