सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

विपन्न परिवार र बालबालिकालाई ४६ वर्षदेखि एसओएस बालग्राम नेपालले सहयोगगर्दै

  • प्रकाशित मिति : सोमवार, मंसिर १५, २०७७



  • बिनिता शर्मा,चितवन । पारिवारिक हेरचाह गुमाएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणमा विगत ४६ वर्षदेखि सक्रिय नेपालको सामाजिक संस्था  चितवनले आइतबार भब्य कार्यक्रमबीच परिवार सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
    सिमान्तकृत एवं विपन्न परिवार र तिनका बालबालिकालाई विभिन्न सहयोग प्रदान गर्दै बालग्रामले परिवार सबलीकरण कार्यक्रम मनाएको हो । कार्यक्रममार्फत सिमान्तकृत एवं विपन्न परिवारलाई ३५ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको बालग्रामका राष्ट्रिय निर्देशक भोला पौडेलले बताउनु भयो । भरतपुर महानगर प्रमुख रेनु दाहालले ती सबै सहयोग लक्षित ब्यक्तिलाई वितरण गर्नु भयो ।
    महानगर प्रमुख रेनु दाहालको संकल्पबाट जन्मिएर महानगरले संचालन गरेको सिमान्तकृत एवं विपन्न परिवारका छात्राका लागि साइकल वितरण कार्यक्रमबाट प्रभावित भएर बालग्रामले समेत आफ्ना विद्यार्थीका लागि १६३ वटा साइकल वितरण गर्नेदेखि अरु धेरै कार्यक्रम गरेको पौडेलको भनाई छ ।
    कार्यक्रम अन्तर्गत सिमान्तकृत एवं विपन्न परिवारका बालबालिकाको लागि १६३ थान साइकल, २० बालबालिकाको लागि ट्याब्लेट, १०५ बालबालिकाको लागि शैक्षिक सामग्री, ७० परिवारलाई प्रतिपरिवार ४ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण, जीविकोपार्जन कार्यक्रम अन्तर्गत २० परिवारको लागि घुम्ती ठेला पसल, गाईपालन फलफुल पसल, टेलरिङ लगायतका विभिन्न उद्यम गर्नका लागि प्रत्येक परिवारलाई ५० हजारका दरले नगद वितरण गरिएको थियो ।
    जीविकोपार्जन कार्यक्रम अन्तर्गत नै सिमान्तकृत एवं विपन्न २० परिवारको लागि प्रति परिवार १५ देखि २० हजारसम्मको बाख्रा र सिलाई मेसिन वितरण, रोजगारमुलक कार्यक्रम अन्तर्गत सिमान्तकृत एवं विपन्न परिवारका ५ युवालाई प्रति युवा ७० हजारका दरले सिलाई कटाई, ब्युटीपार्लर तथा होटल ब्यवस्थापन तालिम, विपन्न ५० परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम, श्री मावि गौरीगन्जलाई स्वास्थ्य सामग्री र भरतपुर महानगर वडा नम्बर ८ लाई कोभिड ब्यवस्थापन कोषका लागि १ लाख रुपैयाँ पनि हस्तान्तरण गरेको एसओएस बालग्रामका नायब निर्देशक राजेन्द्र लम्सालले बताउनु भयो । कार्यक्रमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको भरतपुर महानगर प्रमुख रेनु दाहालले एसओएस बालग्राम महानगरको गहना भएको बताउनु भयो । आगामी दिनमा यसको संरक्षण र विकासमा महानगरले आर्थिकदेखि अन्य आवश्यक सबैखाले सहयोग गर्ने दाहालको भनाई छ ।
    महानगरभित्रको शिक्षा क्षेत्रको विकासमा महानगर सधैँ प्रतिबद्ध रहेको बताउँदै उहाँले राज्यले सहयोग गर्नु पर्नेमा उल्टै बालग्रामले स्थानीय सरकारलाई सहयोग समेत गरेकोमा आभार प्रकट गर्नु भयो । नागरिकको पक्षमा सरकारलाई जिम्मेवार बनाउने काममा बालग्रामले महत्वपूर्ण भूमिका खेलेको र सरकारले गर्नु पर्ने काम एउटा सामाजिक संस्थाले गरेर राज्यको निकायलाई निकै ठुलो गुन लगाएको दाहालले बताउनु भयो । भरतपुर महानगर वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेले एसओएस बालग्रामलाई स्थानीय सरकारले आवश्यक सबैखाले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो । यसले दिएको शिक्षादेखि अनाथ बालबालिकाको पालनपोषण र यसको ब्यवस्थापन निकै प्रभावकारी रहेको न्यौपानेको भनाई छ । चालु आर्थिक वर्षदेखि यसको थप विकासका लागि वडा कार्यालयले पनि बजेट विनियोजन गर्न थालेको र यो आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेको बताउनु भयो । कार्यक्रमका अध्यक्ष तथा बालग्रामका राष्ट्रिय निर्देशक पौडेलले मेयर रेनु दाहाललाई बालग्रामको आमाको जिम्मेवारी लिन आग्रह गर्नु भएको थियो । यहाँ ११३ जना बालबालिकाहरु निकै ब्यवस्थित रुपमा बालग्राममा बसेर आवासीय रुपमा अध्ययन गर्दै आएका छन् भने १०१ जना युवालयमा रहेका छन् । बालग्रामले एसओएस हर्मन माईनर स्कुल समेत संचालन गरिरहेको छ, जहाँ ६ सय ८८ जना विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । डा. हर्मन माईनर संस्थापक रहेको यो स्कुल चितवनमा विद्यार्थी र अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको छ । १३५ बढी देशमा यसको शाखा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij