सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सरकार विरुद्धको प्रदर्शन व्यापक बनाउने कांग्रेसको निर्णय

  • प्रकाशित मिति : बिहिबार, मंसिर २५, २०७७



  • काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकार विरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई व्यापक बनाउने निर्णय गरेको छ।

    बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार विरुद्धको प्रदर्शनलाई व्यापक बनाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। ‘२९ गतेको प्रदर्शनलाई व्यापक बनाउने निर्णय गरेको छ,’ डा. महतले डिसी नेपालसँग भने, ‘यो प्रारम्भिक चरणको छलफल हो। त्यसपछि आन्दोलनका अन्य कार्यक्रमका विषयमा छलफल हुन्छ।’

    सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको गलतको कामको विरोध गर्दै हुने प्रदर्शनमा विभिन्न नेतालाई खटाउने विषयमा छलफल गरेको थियो। कुन नेतालाई कहाँ खटाउने भन्ने निर्णय नभएपनि आफ्नो क्षेत्र अनुसार नेताहरुलाई प्रदर्शनको नेतृत्व गर्दै खटाउने कांग्रेसले तयारी गरेको छ।

    मंसिर १९ गते बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध ७७ वटै जिल्लाहरूमा मंसिर २९ गते विरोध प्रदर्शनको निर्णय गरेको थियो।
    तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक-पटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता र अकर्मण्यता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध विरोध प्रदर्शन गरिन लागेको कांग्रेसको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij