शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पढाइ छाडेर बिच्छी खोज्न थाले, त्यही बिच्छीले २५ वर्षको उमेरमै बनायो करोडपति

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २६, २०७७



  • काठमाडौं। केही वर्षअघि आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेर मरुभूमिमा बिच्छी खोज्न थालेका एक युवक अहिले करोडपछि बनेका छन् । इजिप्टका २५ वर्षका मोहम्मद हाम्दी बोश्ता बिच्छीको विष बेच्छन् । यो विचित्रको सोखले आफूलाई यति धनी बनाउला भनेर उनले आफैंले पनि सोचेका थिएनन् । अहिले उनले १ ग्राम विषको लागि १० हजार डलर (११ लाख ८० हजार रुपैयाँ) मूल्य पाउँछन् ।

    रोयटर्सका अनुसार इजिप्टको मरुभूमि र समुद्रका तटीय क्षेत्रमा बिच्छी समात्नको लागि हाम्दीले केही वर्ष पहिले आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेका थिए । उनी यी बिच्छीबाट विष निकाल्छन् जसको प्रयोग औषधि बनाउन गरिन्छ । केवल २८ वर्षको उमेरमा मोहम्मद हाम्दी कायरो भेनम कम्पनीका मालिक बनेका छन् । यो यस्तो परियोजना हो जहाँ अलग अलग प्रजातिका ८० हजारभन्दा धेरै बिच्छी र सर्प पालिएका छन् । यी सर्प र बिच्छीको विष निकालेर औषधि बनाउने कम्पनीलाई बेचिन्छ ।

    युभी लाइट अर्थात पारावैजनी प्रकाशको सहयोगले समातिएका बिच्छीको विष निकाल्नको लागि उनीहरुलाई हल्का बिजुलीको झट्का दिइन्छ । झट्का लाग्नासाथ उनीहरुको विष बाहिर आउँछ र यो विषलाई भण्डार गरेर राखिन्छ । रोयटर्सको रिपोर्टअनुसार बिच्छीको एक ग्राम विषबाट २० हजारदेखि ५० हजारसम्म एन्टिभेनम (विष प्रतिरोधी औषधि) डोज बनाइन्छ । एन्टिभेनम औषधि तयार गर्दा बिच्छीको विषको परिमाणमा निकै सावधानी अपनाइन्छ ।

    मोहम्मद हाम्दीले बिच्छीको यो विष युरोप र अमेरिकामा आपूर्ति गर्छन् । त्यहाँ यो विषको प्रयोग एन्टिभेनम औषधि र हाइपरटेन्सनको औषधि बनाउन गरिन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको रिपोर्टअनुसार अमेरिकामा मात्र हरेक वर्ष ८० हजार मानिसहरुलाई विषालु सर्प वा बिच्छीले टोक्छन् । यसरी टोकिएपछि ती बिरामीलाई तत्काल उपचारको आवश्यकता हुन्छ । यी बिरामीको उपचारमा विषबाटै बनाइएका एन्टिभेनम औषधि प्रयोग गरिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij