सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बझाङमा छाउगोठ भत्काइएपछि ओढार र चौरमा बास

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २६, २०७७



  • बझाङ । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिकाले चारपटकसम्म छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् ।

    धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्नेलगायतका कार्य गर्न मिल्दैन । स्थानीय उजली बोहोराले भनिन्, ‘छाउगोठमा बसे गाउँपालिकाले भत्काउँछ घरपरिवारले देवता रिसाउँछन् भनेर घरभित्र बस्न दिँदैनन् म छाउ भएका बेला कहिले ओढार त कहिले खाली आकाशमा रात बिताउने गर्छु ।’

    यो साइपाल गाउँपालिकाको मात्रै पीडा हैन बझाङका अधिकांश ग्रामीण भेगमा महिलाले यस्तो समस्या भोग्दै आएका छन् । साइपाल गाउँपालिकाका महिला महिनावारी भएका बेला खुला आकाश तथा ओढारमा पाल हालेर बस्न बाध्य छन् ।

    गाउँपालिकामा छाउपडी प्रथा उन्मूलन गर्न गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम तथा छाउगोठ भत्काउने अभियान सुरु गरे पनि महिलालाई झनै समस्या थपिँदै गएको स्थानीय महिला बताउँछन् । ‘‘समृद्ध गाउँपालिका बनाउनका लागि छाउगोठ भत्काएर मात्रै हुँदैन, मानिसमा चेतना नहुँदासम्म छाउपडी प्रथा उन्मूलन हुन सक्दैन,’ स्थानीयवासी तिलक विकले भने ।

    गाउँपालिकाका अध्यक्ष राजेन्द्र धाँमीले छाउपडी प्रथामा केही सुधार आउँछ कि भनेर छाउगोठ भत्काइएको र केही ठाउँमा सुधार पनि भएको  बताए ।

    साइपाल गाउँपालिकामा बसोबास गर्ने दुई समुदायमा छाउ मान्ने र नमान्ने भएका छन् । साइपाल गाउँपालिकाको धुलीमा रहेका लामा, तामाङ समुदाय महिनावारी भएका बेला घरभित्र बस्ने र अन्य जातिले छाउगोठ, ओढार, खुला आकाशमुनि बस्ने गरेका छन् ।

    साइपाल गाउँपालिका धुलिकी पूजा तामाङले भने, ‘अन्य समुदायमा छाउपडी प्रथा नमाने देवता रिसाउने भनेर भन्छन् । देवताको बाटो छुवाछूत गर्नु हुन्न भन्छन् । हामी पनि साइपालमै बस्छौँ महिनावारी भएका बेला घरभित्रै बस्छौँ, दही, दूध, मही, घिउ खान्छौँ त्यस्तो केही हुँदैन ।’

    यस्तै सोही ठाउँकी डोल्मा तामाङले भनिन्, ‘हामी छाउ भएका बेला खाना आफैं पकाउँछौँ, सँगै बस्छौँ, खाना सँगै खान्छौँ, पूजा मात्रै गर्दैनौँ त्यो समयमा हामीलाइलाई केही हुँदैन ।’ साइपालको लाफडीमा तामाङ समुदायको ३५ घर छन् । यहाँका कसैले पनि छाउ प्रथा मान्दैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij