सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

माडीमा ५६ चेपाङ परिवारलाई न्यानो कपडा वितरण

  • प्रकाशित मिति : सोमवार, मंसिर २९, २०७७



  •  माडी । चितवनको  माडीस्थित देवेन्द्रपुरमा बसोबास गर्दै आएका ५६ चेपाङ घरपरिवारलाई आइतबार जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरिएको छ ।

    माडी नगरपालिका-७ देवेन्द्रपुरको परुइ नदी किनारमा सुकुमबासीको रुपमा बसोवास गर्दै आएका  ५६ चेपाङ घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।

    चिसो बढेसँगै परुइ किनारका सुकुमबासी चेपाङ परिवारलाई समस्या परेको जानकारी पाएपछि चितवन समाज जापानको सहयोगमा प्रति परिवार एक एक थान ब्लाङ्केट, तकिया र म्याट वितरण गरिएको हो ।

    नगर प्रमुख ठाकुरप्रसाद ढकालले सुकुम्बासी चेपाङ परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । न्यानो कपडा वितरण गर्दै उनले सहयोग गर्ने संस्थालाई धन्यवाद समेत दिए ।

    कार्यक्रममा सुकुम्बासीवस्ती व्यवस्थापन समितिका अध्यक्ष छवि चेपाङले  विपत्तिको बेलामा सहयोग पुर्‍याएकोमा खुसी व्यक्त गरे ।

    चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    पुरस्कारको रकमबाट बालबालिकालाई स्टेशनरी

    पत्रकार नारायण सापकोटाले आफूले पाएको पुरस्कारको रकमबाट चेपाङ बालबालिकालाई स्टेशनरी वितरण गरेका छन् ।

    सापकोटाले शनिबार स्व. तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कारबापत ११ हजार ३ सय रुपैयाँ पाएका थिए ।

    सोही पुरस्कार रकमबाट उनले माडी नगरपालिका-९ को राईडाँडामा बसोबास गरिरहेका सुकुमबासी चेपाङ परिवारका ६५ जना बालबालिकाहरुलाई आइतबार स्टेशनरी सामान वितरण गरेका हुन् ।

    पढाइमा सहयोग होस् भन्ने उद्देश्यले चेपाङ परिवारका बालबालिकालाई सहयोग गरेको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij