मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी ९ कारणले हुनसक्छ तपाईंको महिनावारी अनियमितता

  • प्रकाशित मिति : बिहिबार, पुस २, २०७७



  • धेरैजसो महिलाले आफ्नो महिनावारी समयमा नहुने समस्या भएको बताउने गर्छन् । महिनावारी नहुनु सबैभन्दा साधारण कारण भनेको गर्भवती हुँदा हो । तर यदि तपाईं गर्भवती पनि हुनुहुन्नँ र महिनावारी पनि समयमा भइरहेको छैन भने यसका थुप्रै कारण हुनसक्छन् । आउनुहोस्, यसका ९ कारणबारे जानकारी लिऔं ।

    तनावः

    तनावको असर शरीरमा विभिन्न तरिकाले पर्ने गर्छ जसमा महिनावारी पनि समावेश हुन्छ । तनावले ……. नामको हर्मोनको मात्रा कम हुन्छ जसका कारण ओभ्युलेशन वा महिनावारी हुँदैन । आफूलाई रिल्याक्स राख्नुहोस् र नियमित साइकललाई फिर्ता ल्याउनका लागि आफ्नो डाक्टरसँग सम्पर्क गर्नुहोस् ।

    ज्वरोः

    अचानक आएको ज्वरो, रुघा–खोकी र कुनै लामो रोगका कारण पनि महिनावारी ढिलो हुनसक्छ । यो अस्थायी हुन्छ र जब तपाईंले रोगबाट छुटकारा पाउनुहुन्छ तब तपाईंको महिनावारी पुनः नियमित हुन्छ ।

    दिनचर्यामा परिवर्तनः

    दैनिक तालिका फेरिनु, रातीको सिफ्टमा काम गर्नु, शहर बाहिर आवतजावत वा घरमा नै कुनै विवाह वा कार्यक्रमका बेला हाम्रो रुटिनमा विभिन्न प्रकारको परिवर्तन आउने गर्छ । शरीरलाई जब यो नयाँ तालिकाको बानी पर्छ वा जब हामी सामान्य दिनचर्यामा आउँछौं तब महिनावरी पनि नियमित हुने गर्छ ।

    स्तनपानः

    धेरैजसो महिला आफ्नो सन्तानलाई स्तनपान गराउन बन्द नगरेसम्म नियमित रुपमा महिनावारी हुँदैनन् ।

    गर्भनिरोधक औषधीः

    गर्भनिरोधक औषधी वा केही अन्य औषधीले पनि महिनावारीको साइकल बिगारिदिन्छन् । यस्ता औषधी लिँदा कि त महिनावारी कम हुन्छ वा छिटो हुन्छ वा फिटिक्कै हुँदैन । यस्तो स्थितीमा डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

    मोटोपनाः

    मोटोपनाका कारण पनि महिनावारी अनियमित हुन सक्छ र जसका कारण महिनावारी ढिला हुनसक्छ । यद्यपि, यो समस्या कम तौल भएकाहरुमा पनि हुन्छ तर मोटोपना यसको मुख्य कारण हुनसक्छ ।

    प्रि मेनोपोजः

    मेनोपोजभन्दा अघि महिलाको शरीरमा आन्तरिक रुपमा पनि भिन्न प्रकारको परिवर्तन आउँछ । यसका कारण पनि महिनावारी ढिलो हुन्छ वा समय अघि नै हुनसक्छ ।

    दुब्लोपनः

    यदि तपाईंको शरीरमा पर्याप्त बोसो छैन भने तपाईंको महिनावारी पनि अनियमित हुनसक्छ । नियमित महिनावारीका लागि हेल्दी तौल आवश्यक हुन्छ ।

    थायरोयड:

    गर्धनमा भएको थायरोयड ग्रन्थी, मेटाबोलिजमलाई नियन्त्रित गर्छ । यो शरीरको थुप्रै क्रियामा पनि भूमिका निभाउँछ । यदि तपाईंलाई थायरोइड सम्बन्धि कुनै समस्या छ भने तपाईंको महिनावारीमा पनि असर पर्छ । यदि तपाईंलाई थाइरोयडको समस्या छ भने महिनावारीलाई समयमा नै हुनका लागि डाक्टरसँग सम्पर्क गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij