मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अमेरिकामा २४ घण्टामा २ लाख ५० हजार संक्रमित

  • प्रकाशित मिति : बिहिबार, पुस २, २०७७



  • अमेरिकामा बुधबार एकैदिन २ लाख ५० हजार जनामा संक्रमण देखिएको छ । कोराना भाइरस महामारी सुरु भएयता एकैदिन यति ठूलो संख्यामा यसअघि कहिल्यै संक्रमित भेटिएका थिएनन् । त्यस्तै, बुधबार एकैदिन ३ हजार ७ सयको मृत्यु भएको छ । महामारी सुरु भएयता एकैदिन यति ठूलो संख्यामा यसअघि कसैको मृत्यु भएको थिएन ।

    यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७ हजार २ सय ९१ पुुगेको छ । स्वास्थ तथा मानव सेवा विभागका अनुसार अहिले १ लाख १३ हजार मानिसहरु कोरोनाकै कारण अस्पतालमा छन् । यो पनि अहिलेसम्मकै उच्च संख्या हो । अमेरिकामा कुल संक्रमितको संख्या १ करोड ७३ लाख ९४ हजार नाघिसकेको छ ।

    अमेरिकाले भाइरस नियन्त्रणका लागि आपतकालिन रुपमा प्रयोग गर्न फाइजर कम्पनीको खोपलाई अनुमति दिइसकेको छ । त्यस्तै, मोडर्ना कम्पनीको खोपले पनि अनुमतिका लागि निवेदन दिएको छ । बिहीबार औषधी तथा खाद्य विभागका खोप विज्ञहरुले भेला भएर मोर्डनाको खोपको प्रभावकारीताबारे बहस गर्ने कार्यक्रम छ । संक्रमितको संख्या बढ्दै गएकाले अधिकारीहरुले फास्ट ट्रयाकबाट यसलाई अनुमति दिने विषयमा छलफल गर्दैछन् ।

    सिएनएनका अनुसार फाइजरको भ्याक्सिनलाई जति चाडों स्विकृति दिइएको थियो, त्यसभन्दा पनि छोटो समयमै मोर्डनाको भ्याक्सिनलाई प्रयोगको स्विकृति दिनेगरी अधिकारीहरुले प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।
    विश्वभर ७ करोड ४५ लाखभन्दा धेरै जनसंख्यामा कोरोना भाइरस संक्रमण पुुष्टि भएको छ, ५६ हजारभन्दा धेरैको संक्रमणकै कारण मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij