सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

प्रहरीका इन्स्पेक्टरको कतुर्त : गर्भवती भएपछि बिहे, श्रीमती बनेपछि गर्भपात

  • प्रकाशित मिति : शुक्रबार, पुस ३, २०७७



  • काठमाडौं। श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा प्रहरी नीरिक्षक ध्रुव शर्मा पक्राउ परेका छन्। पोखराको वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत निरीक्षक शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरी अनुसन्धान शुरु गरेको हो।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीमा छँदा सोही स्थानकी युवतीसँग प्रेम विवाह गरेका शर्माले विवाह गरेको केही दिनमै पर्वतको एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराएका उजुरी परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

    प्रेम सम्बन्धमा रहँदा शारीरिक सम्पर्क पछि गर्भ रहेको र विवाहपछि जबर्जस्ती गर्भपतन गराएको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला अदालतबाट १० दिनको म्याद लिई शर्मामाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

    गर्भपतन गराएर बहुविवाह गरेको आरोपमा आफन्तले जाहेरी दर्ता गरेका थिए। श्रीमतीको गर्भ पतन गराएपछि शर्मा म्याग्दीबाट पोखराको बैदाम सरुवा भएका थिए। श्रीमतीका माइती पक्षले डर देखाएर जबरजस्ती गर्भपतन गराएको र पोखरामा छुट्टै विवाह गर्न अर्की युवतीसँग टीकाटालो गरेका जाहेरीमा उल्लेख गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij