सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

देशैभरि ७१० वटा घर बनाउने नायिका एलिजा गौतमको घोषणा

  • प्रकाशित मिति : शुक्रबार, पुस ३, २०७७



  • काठमाडौं। अभिनेत्री तथा समाजसेवी एलिजा गौतमले देशका ७७ जिल्लामा प्रत्येक जिल्लामा दश/दश वटा घर बनाउने घोषणा गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत नायिका गौतमले प्रत्येक जिल्लामा दुखी असहायको लागि दश/दशवटा घर बनाउने घोषणा गरेको जानकारी दिएकी हुन्।

    उनले लेखेकी छिन, ‘एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु ।’ उनले पहिलो चरणको काम धादिङबाट सुरु हुने जानकारी पनि गराएकी छिन्।

    उनले हातमा हात र काँधमा काँध मिलाएर सामाजिक कार्यको लागि सहकार्य गर्न सबैमा आग्रह गरेकी छिन्। एलिजाले सिन्धुपाल्चोकका बाढी पहिरोका पीडितहरुलाई पनि लत्ता कपडा र खाद्यान्य सहयोग गरेकी थिइन्।

    उनले आर्थिक अभावले समस्यामा परेका बालबालिकालाई पनि सहयोग गर्दै आएकी छिन्। लकडाउनमा खुला मञ्चमा काम बन्द भएर खान नपाएको मजदुरहरुलाई खाना खुवाउन पनि सहयोग गरेकी थिइन्।

    अभिनेत्री गौतमले लकडाउन अवधिभर मात्रै १५ भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । उनले लकडाउन आफ्नो लागि अवसर बनेर आएको बताउदै आएकी छिन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij