प्रकाशित मिति : शुक्रबार, पुस ३, २०७७
बर्षात ओली, घोराही दाङ।
पुर्ब वडाध्यक्ष एबं काङ्ग्रेस नेता ईन्द्र बहादुर ओलीको तेर्हौ पुण्य तिथिको अबसरमा नेपाली काङ्ग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा आज एक कार्यक्रमका बिच शोक सभा सम्पन्न भएको छ।

नेपाली काङ्ग्रेस घोराही उपमहानगरपालिका वडा ८ का ईकाई सभापति कुल प्रसाद रजौरे “श्रावण” को अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि धनीराम चौधरीले स्वर्गीय ओलीको सम्झना गर्दै उहाँको देनलाई सबैले सम्मान गर्नुपर्ने बताउँनुभयो

भने बिशिस्ट अतिथिको आसनमा रहनु भएका वडा नम्बर ८ वडा अध्यक्ष चन्द्र प्रसाद चौधरीले स्वर्गीय ईन्द्र बहादुर ओलीको समाजमा रहेकोे जिम्मेवारी बहनको प्रसंषा गर्दै पार्टीले ठुलो क्षती ब्यहोरेको बताउँनु भयो ।
त्यसैगरी पारिवारको तर्फबाट घोराही उपमहानगरपालिका १० का ईकाई सभापति एबं स्वर्गीय ओलीका सहोदर कान्छा भाइ देव बहादुर ओलीले सबैलाई धन्यवाद दिनुभएको थियोे।

कार्यक्रममा बक्ताहरु डील्ली बहादुर ओली,कृष्ण बहादुर ओली र पिताम्बर ओली लगायतले स्वर्गीय ओलीको समाजमा गरेका कामको उच्च मुल्यांकन गर्नुपर्ने बताउँनुभयो।
कार्यक्रममा समाजसेवी करुणा ओली बस्नेत,मिना ओली,कृष्ण बहादुर नेपाली,रतिराम डाँगी,टोपेन्द्र नेपाली,लाल बहादुर भण्डारी,दामोदर डाँगी र रेशम बहादुर बस्नेत लगायतको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रमको सहजीकरण ईकाई सचिव डाल प्रसाद पौडेलले गर्नुभएको थियो
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij