सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ग्राण्डीमा मिर्गौला प्रत्यारोपण पुनः शुरु

  • प्रकाशित मिति : आइतवार, पुस ५, २०७७



  • काठमाडौं । टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालन आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विसं २०७६ चैतदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीसँगै स्थगित भएको सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो ।

    विसं २०७३ असारदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको ग्राण्डीले हालसम्म ५६ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिसकेको अस्पतालका प्रशासक हरि खड्काले  जानकारी दिनुभयो । ग्राण्डीले अस्पतालभित्र हुने शल्यक्रियालाई आवश्यक पर्ने रगतका लागि आफ्नै ‘रक्तसञ्चार केन्द्र’ समेत स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

    दुई सय शय्यामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको ग्राण्डीले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि ५४ शय्या छुट्याएर भेन्टिलेटर, आईसीयूसहित सेवा प्रदान गर्दै आइरहेको छ । ग्राण्डीले हालसम्म ३३० कोरोना सङ्क्रमित बिरामीको उपचार सम्पन्न गरिसकेको छ ।

    कोभिड सङ्क्रमणसँगै ग्राण्डीमा बिरामीको चापसमेत घटेको छ । कोभिड सङ्क्रमण शुरु हुनुपूर्व दैनिक ५०० देखि ७०० सम्म बहिरङ्ग (ओपीडी) सेवा प्रदान गर्दै आएकोमा हाल दैनिक २०० देखि ३०० बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेको अस्पतालका महाप्रबन्धक विकासमान सिंहले जानकारी दिए ।

    कोभिड सङ्क्रमणको समयमा ग्राण्डी अस्पतालमा शल्यक्रियासमेत घटेको छ । कोभिड–१९ अगाडि मासिक ४०० व्यक्तिको विभिन्न रोगको शल्यक्रिया गर्दै आएको ग्राण्डीले कोभिड शुरु भएसँगै महिनाको १०० हाराहारीमा शल्यक्रिया गरेको छ । कोभिडको समयमा सामान अभावसँगै भाउ बढ्दा उपचारमा समेत समस्या आएको उनको भनाइ छ ।

    सरकारले कोभिड–१९ को उपचारका समयमा निजी स्वास्थ्य सेवा प्रदायक संस्थासँग छलफल नगरी एकतर्फी निर्देशिका जारी गर्दा समस्या परेको महाप्रबन्धक सिंहको भनाइ छ । विसं २०६९ पुसमा स्थापना भएको ग्राण्डी अस्पतालमा हाल एक हजार स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij