सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

शीतलहर छल्न परालको सहारा

  • प्रकाशित मिति : आइतवार, पुस ५, २०७७



  • परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ। यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको ओछ्यान हो। गत वर्ष शीतलहरमा यस्तै ओछ्यानमा कठ्यांग्रिएर उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो। यसपटकको शीतलहर कसरी कटाउने चिन्ताले उनलाई सताएको छन्।

    सुकुमबासी परमेश्वरसँग एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ। उनका लागि जाडोको सहारा घुर हो। तीन दिनदेखि चलेको शीतलहरका कारण परमेश्वरसँगै सुकुमबासी बस्तीका अन्य पनि आत्तिएका छन्।

    ऐलानी जग्गामा फुसको छाप्रो बनाएर परमेश्वरको परिवार बस्दै आएको छ। जेनतेन ओत लाग्ने ठाउँमा घुर बालेर जाडो छल्दै आएका उनलाई शीतलहरले निकै अत्याएको छ। उनले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ।’ शरीर छोप्ने कपडा जोड्न मुस्किल भएका बेला ओढ्ने–ओछ्याउने न्यानो कपडाको जोहो आफूहरूका लागि आकाशको फल जस्तै भएको उनले बताए।

    न्यानो ओढ्ने–ओछ्याउने नहुँदा गत वर्ष पत्नी गुमाउनुपरेको पीडाले अहिले पनि उनलाई सताएको छ। मौसम र सरकार दुवै गरिबमारा रहेको उनको बुझाइ छ। ‘ठन्ढियो गरिबे सबके उपर हमला करै छै (चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दो रहेछ),’ उनले भने, ‘गरिब मरलो पर सरकार कोनो मोजर नै करै छै (गरिब मरे पनि सरकारले चासो देखाउँदैन)।’

    चिसो सुरु भएपछि सरकारले लगाउन र ओछ्याउन न्यानो कपडाको प्रबन्ध गरिदिएको भए गरिबको प्राण जोगिने यहाँका विपन्न बासिन्दा बताउँछन्। राजदेव पासवानले भने, ‘चुनावके बाद घरेमे सरकार यतै कहैछेलै (चुनाव भएपछि गाउँघरमै सरकार आउँछ भन्थे, अखनी तक सरकार याल जका नै बुझहाय (अहिलेसम्म सरकार भएको अनुभूति भएको छैन)।’ यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij