सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बाग्लुङ जिल्ला गल्कोट न पा का मेयर नगरिकका समस्या बु्झ्न गाउँ गाउँको दौडमा।

  • प्रकाशित मिति : आइतवार, पुस ५, २०७७



  • ईश्वर सुवेदी, गल्कोट बाग्लुङ।
    बाग्लुङ जिल्लाको गलकोट नगरपालिकाले नगरपालिकाको सदरमुकाम तथा जनप्रतिनिधीसंग प्रत्यक्ष रुपमा सम्पर्कमा आउन नसकेका समुदायमा स्थलगत भेटघाट कार्यक्रम संचालन गरेको छ ।

    गलकोट नगरपालिकाको क्षेत्र भित्र रहेर पनि पछाडि परेका समुदायसंग प्रत्यक्ष भेटेर उनिहरुको समस्यालाई समाधान गर्ने उद्धेश्य अनुरुप संचालित नागरिकसंग नगरप्रमुख कार्यक्रम अन्तरगत आज गलकोट नगरपालिका नगरप्रमुख भरत शर्मा गैरे सहितको टोलिले गलकोटका बिभिन्न स्थानका समुदायमा पुगेर नागरिकसंग भेटेर उनीहरुको समस्या पहिचान गरि समाधान गर्ने बाचा गरेका छन् ।

    नागरिकसंग नगरप्रमुख कार्यक्रम अन्तरगत गण्डकी प्रदेश सांसद मणिभद्र शर्मा कडेंल, गलकोट नगरपालिका वडा न ३ का अध्यक्ष बीरजङ भण्डारी र नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि मन्जु शर्मा चालीसेको सहभागि रहेको टोलीले आज गलकोट नगरपालिकाको बिकट ठाउँ दुदीलाभाटीे पात्लेखर्क, कटौंजे र गलकोट नगरपालिका वडा नम्वर ७ मल्मको सप्ताहघाटमा रहेका नगरको प्रत्यक्ष संम्पर्कमा नभएका नागरिकसंग अन्तरक्रिया गर्नुभएको छ ।

    नगरको पहुँचभन्दा बाहिर रहेका समुदायका नागरिकसंग समस्या बुझ्ने क्रममा दुदीलाभाटी पात्लेखर्कमा निर्माणाधिन मोटरबाटोको स्थलगत अनुगमन गर्नुभएको छ ।
    अनुगमनपछि नगरप्रमुख भरत शर्मा गैरेले तल्काल सडकलाई पुर्णता दिनको लागि आर्थीक श्रोतको अभाब नहुने गरि श्रोतको ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


    नगरप्रमुख गैरेले मल्म सप्ताहघाटको घुम्टे युवा परिवारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफ्नो नगर भित्र हुने जुनसुकै प्रकृतिका योजनाहरु नगरपालिका र स्थानीयले नै अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले योजनाको स्थानीयले अनुगमन गर्दा सही रुपमा कार्यान्वयन हुने बिश्वास ब्यक्त गर्नुभयो ।

    उहाँले गलकोट नगरपालिकाको मल्म पाण्डवखानी सड्कलाई सहज बनाउनका लागि जतिसक्दो छिटो र तत्कालै सहज र सरल बनाउन नगरपालिकाले विशेष योजना बनाउने घोषणा गर्नुभयो ।

    कार्यक्रमको अवसरमा गलकोट नगरपालिका वडा नम्वर ७ का सामाजिक संस्थाहरुको नेतृत्वमा घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले मल्म पाण्डवखानी सडक स्तरिकरण गर्न माग गदै ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको बताईएको छ र नगर प्रमुख गैरेले यो जनताका बीचमा जाने कार्यक्रमको निरन्तरता दिईने बताउँनु भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij