सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नयाँ वर्षको पहिलो दिन विश्वभर ३ लाख ७१ हजार शिशुको जन्म

  • प्रकाशित मिति : शनिबार, पुस १८, २०७७



  • एजेन्सी । नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । “हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,” कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भने ।

    गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो ।” उनीद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

    संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कोम्बोडियामा यस वर्षको पहिलो दिन ९७१ जना जन्मिएका हुन् । अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उनले आशा व्यक्त गरेका छन् ।

    कम्बोडियामा जन्मिएका बालबालिकाको भविश्य सुनौलो बनाउनका लागि युनिसेफले पनि सक्दो सहयोग गर्ने उनले आश्वासन दिए । युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि कम्बोडियामा समेत काम गरिरहेको वक्तव्य मार्फत जानकारी दिएको छ ।

    सन् २०२० मा भने युनिसेफले कम्बोडिया सरकार र यसका साझेदारहरुलाई कोरोनाविरुद्ध लड्नका लागि पनि सहयोग गरेको थियो । विशेष गरेर दुर शिक्षा, विद्यालय सञ्चालन, कोरोनाबाट सुरक्षित गर्न, सफा खानेपानी, पोषिलो खाद्य पदार्थलगायतका क्षेत्रमा सहयोग गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij