सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कोरोना सङ्क्रमितलाई हेलिकप्टरबाट उद्धार

  • प्रकाशित मिति : शनिबार, पुस १८, २०७७



  • डोल्पा । हिमाली जिल्ला डोल्पाबाट दुई जना कोरोना सङ्क्रमित बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिकाका ६० वर्षीय एक वडाध्यक्ष र सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत ५४ वर्षीय शिक्षकको कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुवै जना सङ्क्रमितको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।

    केही दिनअघि मात्र कोरोना रिपोर्ट पोजेटिभ आएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य भए पनि बिहीबारदेखि दुवै जनाको अवस्था थप जटिल बनेको प्रजिअ ढकालको भनाइ छ । जिल्लामा निषेधाज्ञा गर्ने, विद्यालय बन्द गर्नेलगायत विषयमा छलफल भइरहेको प्रशासनको भनाइ छ । उद्धारका लागि दुवै जनाले आफ्नो खर्चमा हेलिकप्टर चार्टर गरिएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij