सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

करेन्ट लागेर जङ्गली भालुको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, पुस २१, २०७७



  • गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ। डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको हो।

    डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युत्को तार चुरे जङगलका केही भाग र जमिनमा समेत प्रवाह हुने गरेका कारण सो क्षेत्रमा घुम्दै आएको जङ्गली भालु मृतावस्थामा भेटिएको बताए।

    नाङ्गो तार र चिसो जमिन तथा हरियो रुख बिरुवा तारमा जोडिने गरेका कारण जङ्गल क्षेत्रमा विद्युत्को उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक–पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताए। समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्यानीयवासी घनश्याम कार्कीले बताए।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij