सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

राप्ती अस्पतालमा ‘सिटी स्क्यान’ सेवा शुरु

  • प्रकाशित मिति : सोमवार, पुस २७, २०७७



  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको भौतिक पूर्वाधार निर्माण गरी अस्पतालको क्षमता विस्तार गरिने बताएका छन् । आज अस्पतालको सिटी स्क्यान सेवा तथा आवासगृहको उद्घाटनपछि आयोजित कार्यक्रममा उनले मुलुक सङ्घीय सरकारमा गएसँगै अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालका रूपमा अगाडि बढाइएको भए पनि अझै पनि सेवाका हिसाबले प्रादेशिक अस्पतालका रूपमा विकास हुन नसकेको बताए ।

    पूर्वाधार निर्माण भएपछि अस्पतालको पनि क्षमता विस्तार हुने भन्दै मुख्यमन्त्री पोखरेलले यसअघि अस्पतालमा चिकित्सकहरु बस्नसमेत नमान्ने गरेकाले अब सुविधा सम्पन्न आवास निर्माण भएपछि त्यो समस्या नरहने बताए । “पहिले यहाँ चिकित्सक बस्न पनि नमान्ने खालका समस्या थिए, अब सुविधासम्पन्न भवन निर्माण भएपछि यहाँ बस्न चाहने प्रवृत्तिमा विकास हुन्छ”, उनले भने ।

    उनका अनुसार चिकित्सकका हिसाबले उपयुक्त जिल्ला भए पनि यहाँ आउन नचाहने एकखालको अवस्था थियो तर अहिले दाङमै सरुवा मिलाइदिन पर्यो भनेर चिकित्सकहरु आउने अवस्था छ । उनले अस्पतालको जग्गा मिचिएको भन्दै त्यो जग्गा खाली गर्ने विषयमा सहजीकरण गर्नुपर्ने बताए । स्वयं व्यक्तिले नै अस्पताल जस्तो पवित्र थलोको जग्गालाई खाली गरेर वास्तविक सुकुम्वासी भए विवरण भर्नसमेत अनुरोध गरे ।

    उनले चिकित्सक तथा कर्मचारीहरुलाई पूर्वाधार निर्माणमा कुनै चासो नदिनसमेत निर्देशन दिए । “पूर्वाधार निर्माणमा तपाईंहरुले चासो नदिनुस्, पूर्वाधार हामी निर्माण गर्छौं, तपाईंहरुले कसरी प्रभावकारी सेवा दिने भन्ने विषयमा चासो दिनुस् ।” अहिले रिफरल अस्पतालका रूपमा रहेको भन्दै यो समस्या अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

    त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या रहेको बताए । अस्पताल २०० शय्यामा रूपान्तरित भए पनि अहिले पनि ५० शय्याका लागि मात्रै जनशक्ति भएको अध्यक्ष न्यौपानेले बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अस्पतालमा आइसियु सेवा विस्तारका लागि भवन निर्माण प्रक्रिया अघि बढेको बताए ।

    सिटी स्क्यान सेवा शुरु भएपछि अब तुलसीपुरभन्दा बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारको रु तीन करोड ५० लाखको लागतमा उक्त सेवा शुरु गरिएको हो भने सङ्घीय सरकारको रु छ करोड ५० लाख लागतमा पाँचवटा भवन निर्माण गरिएका छन । तीमध्ये तीनवटा नर्सिङ क्वार्टर र दुईवटा चिकित्सक क्वार्टर रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij