सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दस करोडको सेटिङमा कुलमानको ठाँउमा ऊर्जामन्त्री रायमाझीले खड्कालाई ल्याउन खोजेको खुलासा !

  • प्रकाशित मिति : बुधबार, पुस २९, २०७७



  • मुलुकको प्रधानमन्त्री पदमा केपी शर्मा ओली छन् । पदीय हिसाबले सरकारले गर्ने राम्रो, नराम्रो कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । नेपालमा सोह्र घण्टा ‘लोडसेडिङ’ हटाउने सरकारको प्रमुख जिम्मेवारी थियो । सरकारका तर्फबाट प्रधानमन्त्री ओलीले ‘लोडसेडिङ’ हटाउन भारतबाट २५० मेगावाट विद्युत् खरिद गर्ने सम्झौता गरे । यत्तिले मात्र लोडसेडिङ हट्ने थिएन । त्यसका लागि कुशल व्यवस्थापनको आवश्यकता थियो ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ थिए । उनको व्यवस्थापकीय कुशलताले नेपाली जनता लोडसेडिङबाट मुक्त भए । सबैले कुलमानको हाइहाइ गरे ।

    सामाजिक सञ्जालमा कुलमानका लाखौं ‘फलोअर’ देखिए । उनको पुनःनियुक्तिका लागि युवाहरुले राजधानी काठमाडौंमा सभा, जुलुस गरे । यो कुरा ओलीलाई मन परेका थिएन ।

    ओली आफैँ हिरो हुन चाहन्थे । त्यसैले कुलमान घिसिङको पुनःनियुक्तिको फाइल नल्याउन प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनलाई निर्देशन दिए ।

    अर्थमन्त्री युवराज खतिवडाको मुखबाट कुलमानको नियुक्ति सञ्चारमाध्यमले गरेको वाक्य बोल्न लगाए ।
    अहिले फेरि काठमाडौंलगायत प्रमुख शहरमा लोडसेडिङ सुरु भएको छ । यदि ओलीकै कारण लोडसेडिङ हटेको भए, अहिले किन सुरु भयो, त्यो कुरामा मन्त्रीहरु बोल्दैनन् ।

    यो तथ्यलाई छोप्दै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझीले लोडसेडिङ कुलमानले होइन, प्रधानमन्त्रीले हटाएको भन्दै प्रधानमन्त्रीलाई कुलमान बनाउन खोजिँदैछ ।

    २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई प्राधिकरणकोे कार्यकारी प्रमुख नियुक्त गरेका थियो । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री जनार्दन शर्मा थिए । त्यसअघि नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार थियो ।

    अहिलेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफूले कुलमानलाई प्राधिकरणको प्रमुख बनाउने तयारी गर्दागर्दै सरकार ढलेको बताउने गरेका छन् ।

    वास्तवमा त्यतिबेला मन्त्री रायमाझी अब सरकार ढल्ने भयो भनेर नियुक्तिमा ठूलै चलखेल गर्दै थिए । कुलमान इमान्दार कर्मचारी भएकोले उनी करोडौं दिएर प्राधिकरणको प्रमुखमा आउन सक्दैन थिए ।

    त्यसैले रायमाझीले प्राधिकरणको कार्यकारी प्रमुखमा आयल निगमको महाप्रबन्धक गोपाल खड्कालाई ल्याउन खोजेका थिए ।

    खड्का मन्त्रीले भने जति रकम दिन तयार थिए । स्रोतका अनुसार खड्कासँग दश करोडमा सेटिङ मिलेको थियो ।

    त्यसमा बार्गेनिङ चल्दाचल्दै ओली सरकार ढल्यो । त्यतिबेला २०७३ साउन ७ गते ओली नेतृत्वको सरकारमाथि माओवादी केन्द्रले अविश्वास प्रस्ताव पेश ग¥यो र सरकार ढल्यो ।

    अहिले रायमाझी ओली गुटमा प्रवेश गरेका छन् । रायमाझीले भनेकै ऊर्जामन्त्री बनेका छन् ।

    प्राधिकरणमा कार्यकारी प्रमुख खाली छ । त्यसैले प्राधिकरणको नियुक्तिमा करोडौंको ¥याल चुहाउन रायमाझी ओली गुटमा गएको आरोप उनी निकट नेताले लगाएकन छन् । – दृष्टिको सहयोगमा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij