सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जर्नेल शाह नेपाली सेनामा साँढे ३६ वर्ष सेवा गरेर अवकास भए

  • प्रकाशित मिति : बिहिबार, माघ १, २०७७



  • काठमाडाैं। नेपाली सेनाका उपरथी (जर्नेल, विशिष्ट श्रेणी)का सुवर्ण शाह २०७७ पुस २९ गतेबाट अवकास भएका छन् । नेपाली सेनामा २०४१ सालमा क्याडेटमा भर्ना भएका उपरथी शाह  उमेर हदकाे कारणबाट अवकास भएका हुन्  । दुई तारे जर्नेल  सुवर्ण शाहले नेपाली सेनामा साँढे ३६ वर्ष सेवा गरेर अवकास भएका छन् ।

    सुवर्ण शाहकाे विदाई नेपाली सेनाकाे इतिहासमै पहिलाे पटक भएकाे चर्चा नेपाली सेनाका अधिकृतहरूले गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाकाे निर्देशनमा उपरथी  सुवर्ण शाहकाे  विदाई  २०७७ पुस २७ गते विशेष  रूपमा औपचारिक कार्यक्रमकाे आयाेजना गरेरै गरियाे ।

     

    नेपाली सेनाकाे विशिष्ट पदसम्म पुगेर नेपाल राष्ट्र र नेपाली सेनाकाे संस्थागत हितमा काम गर्दा कुनै विवाद नपरी निष्कलंक छवि बनाएर  उपरथी  सुवर्ण शाह औपचारिक रूपमा विदा हुने पहिलाे जर्नेल बनेका छन् ।

    भद्र स्वभावका शालिन व्यक्तित्वका धनी जर्नेल शाहकाे बारेमा नेपाली सेनाले  पीएसओज् हहरूकाे समेत उपस्थितिमा  शाहले  सेवामा रहँदा पुर्याएकाे याेगदानकाे वारेमा प्रस्तुति गरेर र मायाँकाे चिनाे समेत प्रदान गरेकाे थियाे । आफ्नाे प्राेफेसनलमा इमानदार बन्दै स्वच्छ छवि कायम राखेर नेपाली सेनाबाट औपचारिक रूपमा विदा भएपनि  जर्नेल शाहले संस्थाकाे हितमा जीवनभर समर्पित रहने  बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij