सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

उपचार खर्चको अभावले तीन वर्षदेखि ओछ्यान मै।

  • प्रकाशित मिति : बिहिबार, माघ १, २०७७



  • सिमिकाेट । तीन वर्ष अगाडि लडेर टाउकोको नशा च्यापिएर बिरामी भएका एक युवकको उपचार खर्चको कारण उपचारमा समस्या भएको छ। स्थानीय र जिल्लामा उपचार गर्दा निको नभएपछि अर्थाभावले जिल्ला बाहिर लगिए पनि उपचार गर्न समस्या भएको हो।

    घरको आर्थिक अवस्था कमजोर भएपछि जिल्लाको दक्षिण क्षेत्रको चङ्खेली गाउँपालिका–२ का नगेन्द्र सुनारको उपचार गर्न समस्या भएको उनका बुवा पौमल सुनारले जानकारी दिए। तीन वर्ष अगाडि लडेर बिरामी भएका सुनारलाई शुरुमा घरेलु उपचार गरिएको र सञ्चो नभएपछि जिल्ला अस्पतालमा भर्ना गरी उपचार गर्दा पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँ लगिए पनि अर्थाभावकै कारण समस्या भएको जनाइएको छ।

    चिकित्सकको सुझावअनुसार आफूसँग भएको जग्गा बिक्री गरेर जिल्ला बाहिर लगे पनि उक्त रकम सकिएपछि उपचारमा समस्या भएको हो। तीन महिना अगाडि बिरामीलाई काठमाडौँ लगे पनि सञ्चो नभएको बताइएको छ।

    अर्थाभावकै कारण बिरामी छोरालाई अस्पतालमा भर्ना नगरेर एउटा कोठामा राखिएको पौमलले बताए। आर्थिक सहयोग प्राप्त भए छोरोलाई बचाउने चाहना रहेको उनले सुनाए। उनले आफूलाई आर्थिक सहयोग गरेर उपचारबाट बचाइदिन आग्रह गरेका छन् । बिरामी सुनारलाई सहयोग गर्न चाहने व्यक्तिले मोबाइल नं ९८४५४४२९३३ मा सम्पर्क गर्न सक्ने परिवारले जनाएका छन्।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij