प्रकाशित मिति : आइतवार, माघ ४, २०७७
सागर ओली,रोल्पा ।
रोल्पा जिल्लाको त्रीबेणी गाउँ पालिका वडा नम्बर ७ दुम्ला गाउँको भुयाँरथानमा प्रथम ऎतीहासीक गोरु जुधाई कार्यक्रम हालै सम्पन्न भएको छ।
पुर्ब शिक्षक एबं सफल युवा ब्याबसायी गेहेन्द्र प्रकाश ओलीले यो कार्यक्रमको आयोजना गर्नुभएको स्थानीय समाजसेवी नर बहादुर डाँगीले जानकारी दिनुभयो।

विभिन्न वडाका ९ वटा गोरुले उक्त प्रतियोगितामा भाग लिएका थिए त्यसमा वडा नम्बर ७ बजिबाङ निवासी भुमराज पुनको पुत्ले भन्ने गोरुले प्रथम स्थान हासिल गरेको थियो।
त्यसैगरी वडा नम्बर ७ भित्रखोला निवासी बिरेन्द्र बुढाको मैला भन्ने गोरु दोश्रो स्थानमा पर्न सफल भएको थियो भने भित्रखोला कै ज्ञान बहादुरको गुराँसे भन्ने गोरुले तेस्रो स्थानमा पर्न सफल भएको थियो।
प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने गोरुहरुलाई आयोजक ओलीले पित्तलको घण्टी,अबिर र माला लगायर सम्मान गर्नुभएको थियोे
भने, मालिकहरुलाई प्रथम हुनेलाई ४ हजार,दोस्रो हुने लाई ३ हजार र तेस्रो हुने लाई २ हजार नगद प्रदान गर्नुभएको थियोे ।।

आयोजक ओलीले आफू बाल्यकाल देखि नै यश कुरामा निकै चासो राख्ने भएको र किसानहरुलाई प्रोत्साहित होउन् भन्ने उदेश्यले यो प्रतियोगिता आयोजना गरेको उहाँले बताउँनुभयो। ओलीले हरेक माघे संक्रान्तीको अबसरमा यो कार्यक्रमलाई निरन्तरता दिने र कृषि मेलाको समेत आयोजना गर्ने उहाँले बताउँनु भयो।
युवा ब्याबसायी ओलीले स्थानीय गोबिन्द माध्यमिक विद्यालयमा शिक्षण पेसामा आवद्ध भै त्यो छोडेर अहिले त्रीबेणी ७ दुम्लाको पोखरा डाँडामा फेन्सी ब्याबसायी गर्दै आउँनुभएको छ। उहाँको यो प्रेरणादायी भुमिकालाई सबैले सहयोग गरेमा युवाहरूमा एउटा् छुट्टै छाप रहने र भाबी पुस्ताले समेत यो कुरा सिक्ने छ र स्थानीय सरकारको यस्ता युबाहरुको सकारात्मक कदममा ध्यानाकर्षण हुन जरुरी छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij