आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाग्मती प्रदेशसभाको बैठक बोलाउन सभामुखको आनाकानी

  • प्रकाशित मिति : बिहिबार, माघ ८, २०७७



  • हेटौंडा । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले तत्काल प्रदेशसभाको बैठक आह्वान गर्न आग्रह गरेका छन् । प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भएपनि सभामुख सानुकुमार श्रेष्ठले आनाकानी गरेको भन्दै उनीहरुले विरोध गरेका छन् ।

    बिहीबार दिउँसो प्रदेशसभा सञ्चालनका लागि करिब साढे ४ घण्टा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रदेशसभा सञ्चालनका लागि दलहरु सहमत भएपनि सभामुख श्रेष्ठ विभिन्न बहाना बनाएर पन्छिएको बैठकमा सहभागीहरुले बताएका छन् ।

    नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले संसदमा रहेका सबै दलका सदस्यहरुले शुक्रबार विहान ११ बजे बैठक सञ्चालन गर्न सभामुखलाई आग्रह गरेपनि सभामुखले थप छलफल गर्नुपर्ने भन्दै पन्छिएका थिए । ‘सभामुखकै कारण बैठक कहिले संचालन हुने अनिश्चित भएको छ’ उनले भने । सचेतक लामाका अनुसार सहभागीहरुले शुक्रबार बैठक आह्वान गरेर अविश्वासको प्रस्ताव टेबुल गरी पर्याप्त छलफलका लागि समय तोक्न आग्रह गरेका थिए ।

    मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावका प्रस्तावक नेकपाका सांसद शालिकराम जम्मकट्टेलले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा उनकै मन्त्री रामेश्वर फुयाँललाई कार्यव्यवस्था परामर्श समितिमा राखेर छलफल गरेको भन्दै सभामुखको चर्को आलोचना गरेका थिए । उनले सभामुखको भूमिका माथि प्रश्न उठाएका थिए ।

    बुधबारबाट सुरु भएको प्रदेशसभाको सातौं अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित भएसँगै मुख्यमन्त्री पौडेल विरुद्ध आफ्नै दलको दाहाल–नेपाल समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्ताव अन्यौलमा परेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेललाई दाहाल–नेपाल समूहबाट पुस १० गते ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij