सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बागलुङ जिल्लाको गलकोट नगरपालिकाको आठौँ नगरसभा आज सम्पन्न।

  • प्रकाशित मिति : सोमवार, माघ १२, २०७७



  •         ईश्वर सुवेदी,बागलुङ ।बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको गत पुष २९ गते देखी सुरु भएको आठौँ नगरसभा आज सम्पन्न भएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन गलकोट नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार संञ्चालित गलकोट नगरपालिकाको आठौँ नगरसभा आज सम्पन्न भएको हो ।
    नगरसभामा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले आर्थिक वर्ष २०७७।०७८ को कार्यक्रम तथा योजना संशोधन गर्ने, बालमैत्री नगर निर्माणको तयारी तथा घोषणा, नगरपालिकालाई आवश्यक पर्ने विभिन्न नितिगत निर्णय गर्ने, कार्यपालिकाले गरेको निर्णयहरुको अनुमोदन गर्ने, नगरपालिका तथा वडा कार्यालयहरुको आयोजना कार्यक्रम संशोधन सम्बन्धि विवरण प्रस्ताव तथा हालसम्म भएको खर्चको अनुमोदन गर्ने प्रस्तवातहरु सभामा प्रस्तुत गर्नुभएको थियो ।
    उक्त प्रस्तावहरु आज सर्वसम्मत रुपमा संसोधन सहित पारित भएका छन् । त्यस्तै सभामा नगर उपप्रमुख रेनुका काउचाद्वारा प्रस्तुत गरिएका बिधेयकहरु गलकोट नगरपालिकाले संस्था दर्ता सम्बन्धि विधेयक २०७७, स्थानीय तथ्यांङक विधेयक २०७७, वातावरण संरक्षण सम्बन्धि विधेयक २०७७ माथि छलफल पछि आज सर्वसहमत रुपमा पारित भएको गलकोट नगरपालिकाले जनाएको छ ।
    सभामा गलकोट नगरपालिकाले प्रस्ताव गरेका बिद्येयकमा गलकोट नगरपालिका ३ का वडा अध्यक्ष बिरजंग भण्डारीे गलकोट नरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष डम्मर श्रीस, वडा ८ का अध्यक्ष राम प्रसाद कडेंल, नगर सभा सदस्य घनश्याम चालिसे, नगर सभा सदस्य भिम बहादुर बिक लगाएतले सस्था दर्ता तथा बाताबरण संरक्षण बिद्ययकमा संसोधन प्रस्ताव पेश गर्नुभएको थियो ।
    सभाले उक्त प्रस्तावमा छलफल गरि संसोधन सहित पारित गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले जानकारि दिनुभयो ।
    सभामा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले गलकोट नगरपालिकालाई समृद्ध बनाउनको लागी नगर सभा सदस्यहरुको योगदान उच्च रहने बताउँदैं सक्रिय रुपमा सहभागिता जनाउन आग्रह गर्नुभएको थियो । नगरसभा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता भएको थियो भने कार्यक्रमको सहजीकरण अधिकृत तुल बहादुर बिकले गर्नुभएको थियोे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij