मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो, अमेरिकामा मात्रै चार लाख ३५ हजार बढीको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, माघ १५, २०७७



  • काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० करोड नाघेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको सो भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ ।

    हालसम्म १० करोड नौ लाखभन्दा धेरै जना यो भाइरसबाट संक्रमित भएका छन् । यस्तै सात करोड २९ लाखभन्दा धेरै मानिस कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

    तर २१ लाख ६९ हजारभन्दा धेरैको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा दुई करोड ६० लाखभन्दा धेरै व्यक्तिलाई कोरोना संक्रमण भएको छ । कोरोनाका कारण अमेरिकामा हालसम्म चार लाख ३५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

    कोरोनाबाट प्रभावित दोस्रो देशमा भारत छ । त्यहाँ अहिलेसम्म एक करोड ६९ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाका कारण भारतमा एक लाख ५३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

    ब्राजिलमा अहिलेसम्म ९ लाख ३६ हजारभन्दा धेरैमा कोरोना भाइरस संक्रमण भएकोमा दुई लाख १८ हजारको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांकअनुसार १९ देशमा कोरोना संक्रमितको संख्या १० लाखभन्दा धेरै छ । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij