सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

धरौटी बुझाएर छुटे भाइरल युवक अर्जुन

  • प्रकाशित मिति : बिहिबार, माघ १५, २०७७



  • काठमाडौं । अनामनगरमा बच्चा बोकेर रिक्सा चलाएको तस्वीर सार्वजनिक भएपछि भाइरल भएका युवक अर्जुन विकलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अपहरण तथा शरीर बन्धक गरी बालिकमाथि जबरजस्तीकरणी गरेको अभियोगमा अदालतले ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको हो ।

    जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार विक धरौटी बुझाएर छुटिसकेका छन् । घोडाघोडी नगरपालिका-२, सानेपानी घर भएका अर्जुनलाई आफ्नै पत्नीलाई जबरजस्तीकरणी गरेको अभियोग थियो ।

    अदालतबाट जारी वारेन्टका आधारमा काठमाडौंको तिनकुने क्षेत्रबाट उनी पक्राउ परेका थिए । विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप भनिएको थियो ।

    ती बालिकालाई उनले आफ्नो श्रीमती बताउने गरेका थिए । तर, कानुनतः १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकाले उनीविरुद्ध मुद्दा परेको थियो । बच्चा जन्माएपछि आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij