प्रकाशित मिति : शनिबार, माघ १७, २०७७
बर्षात ओली दाङ।
तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १६ निवासी स्वर्गीय चुडामणि नेपालीको सातौं दिनमा एक कार्यक्रमका बिच श्रद्धाञ्जली सभा सप्पन्न भएको छ।
आफ्नो परम्परा अनुसार सातौँ दिनमा नेपाली काङ्ग्रेस तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १६ ईकाईको आयोजनामा श्रद्धाञ्जली सभा भएको हो।
नेपाली काङ्ग्रेस तुल्सीपुर १६ का ईकाई सभापति ज्ञान बहादुर के सी को अध्यक्षता भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि रोल्पाका पहलमान ओली हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिमा किसान संघ क्षेत्र न २ का सभापति गणेश चौधरी हुनुहुन्थ्यो कार्यक्रममा बक्ताहरुले स्वर्गीय नेपालीको अल्पआयुमा भएको दु:खद निधन प्रति दुख व्यक्त गरेका थिए।
कार्यक्रममा काङ्ग्रेसका स्थानीय नेताहरुगोबिन्द मजगैँयाँ
राजेन्द्र पोख्रेल, जित बहादुर डाँगी र मुक्त बहादुर डाँगी लगायतको उपस्थिति रहेकोे थियोे। कार्यक्रमको सहजीकरण ईकाई सचिव यज्ञमुर्ति गौतमले गर्नुभएको थियोे।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij