मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

७२ वर्ष पुरानो रक्सी किन्न होडबाजी

  • प्रकाशित मिति : शनिबार, माघ १७, २०७७



  • एजेन्सी । संसारका महंगा–महंगा रक्सीका शौखिन मानिसहरू पनि छन् । तर के तपाईंले ८ लाख रुपैयाँमा एक बोत्तल पाइने रक्सीको बारेमा सुन्नुभएको छ ? हङकङमा भएको एक लिलामीमा ग्लेन ग्रान्ट ह्विस्कीको मूल्य एक बोत्तलको ६ लाख ११ हजार रुपैयाँमा बिक्री भएको छ ।

    ८ लाख रुपैयाँ बोत्तलको उक्त रक्सी ७२ वर्ष पुरानो भएको समाचारमा उल्लेख छ । १९४८ मा बनेको उक्त रक्सीको बोत्तललाई लिलामीमा राखिएको यो पहिलोपटक हो । स्कटल्याण्डको ग्लेन ग्रान्ट सिंगल माल्ट ह्विस्की ५४ हजार हङकङ डलर अर्थात ८ लाख ११ हजार ४ सय नेपाली रुपैयाँमा बिक्री भएको हो ।

    रक्सी बेच्ने व्यक्तिलाई भने यो मूल्य अझ थोरै लागिरहेको छ । उनले ३ लाखदेखि ३ लाख ८० हजार हङकङ डलरसम्ममा रक्सी बिक्री हुने अपेक्षा गरेका थिए । मदिरा विशेषज्ञ क्रिस्टोफर पोङले पछिल्ला केही वर्षहरूमा पुराना रक्सीहरूको मूल्य १० वर्षको तुलनामा ४ गणासम्म महंगो भएको छ ।

    शुक्रबार गरिएको लिलामीमा ३५ वर्ष पुरानो अर्को ह्विस्कीको ३ लाख ७२ हजार हङकङ डलरमा बिक्री भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij