प्रकाशित मिति : सोमवार, माघ १९, २०७७
बर्षात ओली,घोराही दाङ।
जनता समाजबादी पार्टीका अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई दाङमा आएर समाज बादी पार्टी र राजपाको समायोजन गराउँनु भएको छ।
होम प्रकाश शर्माको अध्यक्षता १५१ सदस्यीय कार्यसमिति बिस्तार अनि गठन गरिएको छ।
नेता भट्टराई प्रमुख अतिथि भएको कार्यक्रम जनता समाजबादी पार्टीमा पाँच सय बढी प्रवेश गरेका छन्। त्यही पार्टी प्रवेश कार्यक्रममा युवा नेता संघीय परीषद सदस्य राजेश श्रेष्ठको पहलमा श्री रोका मगरको नेतृत्वमा तुल्सीपुर क्षेत्रका १६० जना युवा जनता समाजबादी पार्टीमा प्रवेश गरेका हु्न।

दाङ जिल्लाका विभिन्न स्थानका करिब घोराहीमा ५ सय बढीले प्रवेश गरेका थिए । डाक्टर भट्टराईले कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गरेको कदमको खुलेर बिरोध गर्नु भएको छ।
उहाँको कदमको सबै मिलेर सामना नगर्ने हो भने लोकतन्त्र खतरामा रहेको बताउँदै प्रचण्डलाई ओलीको पछि नलाग्न आग्रह गर्नु भयो । जति सकिन्छ बिरोध गरौँ । पार्टीमा आए अझै माफ दिन्छौं भन्दै लम्पसार नपर्न डाक्टर भट्टराईले आग्रह गर्नुभयो।।

डाक्टर भट्टराई रोल्पाको लिवाङमा पुगी आर्थिक समृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रममा भाग लिनु भयो सो कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुखहरूको उपस्थिती रहेकोे थियो।
रोल्पा जिल्लामा संगठन बिस्तारको क्रममा शेर बहादुर बुढाको अध्यक्षता ३१ सदस्यीय कार्यसमिति गठन गरिएको संघीय परीषद सदस्य युवा नेता राजेश श्रेष्ठले जानकारी दिनुभयो।
डाक्टर भट्टराई आज प्युठान जिल्लाको बिजुवारमा स्थानीय तहका प्रमुखहरुसंग अन्तरक्रियामा सहभागी हुने र संगठन बिस्तार गरिने नेता हरि रिजालले जलजला खबरलाई जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij