मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सोमबार कोरोनाबाट ज्यान गुमाउने शून्य, नयाँ संक्रमित १ सय ५९

  • प्रकाशित मिति : सोमवार, माघ १९, २०७७



  • काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गए सँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा समेत कमी आएको छ । पछिल्लो २४ घण्टामा संक्रमणवाट ज्यान गुमाउनेको संख्या शून्य रह्यो । हाल सम्म नेपालमा संक्रमणवाट २ हजार २९ जनाले ज्यान गुमाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय ४५ जनामा भएको पीसीआर परीक्षणमा ९८ पुरुष र ६१ महिलामा संक्रमण देखिएको छ ।

    सोमबार काठमाडौं उपत्यकामा भने ८५ जनामा संक्रमण देखिएको छ । हाल भेटिएका संक्रमितको संख्या परीक्षणको तुलनामा ३ दशमलव ८३ प्रतिशत हो । हाल देशभर २ लाख ७१ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ ।

    देशभर थप २ सय ६४ जनाले कोरोना संक्रमण जितेका छन् । यो सँगै देशभर २ लाख ६६ हजार ६ सय जना संक्रमण मुक्त भएका छन् । २ हजार ४ सय ८९ जना संक्रिय संक्रमित छन् । ति मध्ये १ सय २८ आइसियू र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij