सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सोमबारसम्म १ लाख १३ हजारलाई खोप

  • प्रकाशित मिति : सोमवार, माघ १९, २०७७



  • काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको सोमबार छैटौं दिन भएको छ । सोमबार अपरान्ह ४ बजेसम्म ७७ वटै जिल्लामा १ लाख १३ हजार १ सय ७५ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकी प्रदेशमा १३ हजार ९ सय २२, कर्णाली प्रदेशमा ६ हजार १ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८ सय ५७ जनाले खोप लगाएको मन्त्रालयले प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिसिल्ड’ खोप सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनर्सलाई लगाउने भएको छ । प्रधानमन्त्री ओलीले तीन महिनाभित्र फ्रन्टलाइनर्सलाई खोप लगाइसक्ने र २०२१ भित्र सम्पूर्ण नेपालीलाई खोप लगाउने बताउनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij