मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रुघा–खोकी र दमको उपचार हो अमला, विज्ञबाट थाहा पाउनुहोस् उपयोगका ६ तरिका र फाइदा

  • प्रकाशित मिति : शनिबार, माघ २४, २०७७



  • चिसो मौसममा रुघा, खोकी र दमले धेरैलाई तनावमा पारेको हुन्छ । यसैकारण गुजरातको सूरतमा काम गर्ने डा. दिक्षा भावसार रुघा, खोकी र दम भगाउनका लागि अमलालाई रामबाण उपचार मान्छिन् । डा. दीक्षा एक आयुर्वेदिक डाक्टर हुन् । उनका अनुसार चिसो मौसममा रुघा, खोकी र दमको समस्या हुनेहरुले अमलालाई कुनै पनि रुपमा खान सक्छन् ।

    डा. दीक्षाका अनुसार रुघा, खोकी र दमका बिरामीले अमलाको प्रयोग निम्न तरिकाले गर्नुपर्छः

    अमला पाउडरः

    डा. दीक्षाका अनुसार रुघा, खोकी र दमको समस्या चिसो समस्यामा अत्यधिक हुन्छ । यसबाट पार पाउनका लागि अमलाको पाउडर बनाउनुहोस् । यो पाउडरमा आधा चम्चा मह मिसाएर बिहान बेलुका खानुहोस् । त्यसपछि मनतातो पानी पिउनुहोस् । महले चिसो मौसममा शरीरलाई तातो राख्छ । तर ध्यान दिनुपर्ने कुरा के हो भने अमला खाली पेटमा खानुहोस् । खाली पेटमा अमला खाँदा छिटो फाइदा पुर्याउँछ ।

    अमला जुसः

    जसलाई चिसो मौसममा रुघा, खोकी र दमको समस्या हुन्छ, उनीहरुले अमलाको पाउडरबाहेक जुस पनि पिउन सक्छन् । डा. दीक्षाका अनुसार अमलाको जुस निकालेर तातो पानीसँग बिहान खाली पेटमा खानुहोस् । यसका लागि तपाईं २० देखि २५ मिलिलिटर अमलाको जुस र तातो पानी खानुहोस् । यसमा थोरै बेसार हाल्नुहोस् । अमलाले कफलाई पगालेर बाहिर निकाल्ने काम गर्छ ।

    च्यवनप्रासः

    च्यवनप्रासमा मुख्य तत्व अमला हुन्छ । त्यसैले तपाईंले एक चम्चा च्यवनप्रासलाई तातो पानीसँगै खानुहोस् । बिहान खाली पेटमा वा खाना खाएको दुई घण्टापछि यो खानुहोस् । यसले रुघा, खोकी र दममा निकै फाइदा पुर्याउँछ ।

    अमला क्यान्डीः

    अमला निकै स्वादिलो हुन्छ त्यसैले धेरै मानिसहरु यो खान रुचाउँछन् । त्यसैले यसको तपाईं क्यान्डी बनाएर खानुहोस् । यसका लागि तपाईं अमलालाई काटेर घाममा सुकाउनुहोस् र एउटा डिब्बामा राख्नुहोस् । त्यसपछि यसलाई दिनदिनै खानुहोस् । यसले तपाईंको खोकी, कोल्ड र दममा मद्दत गर्नेछ ।

    अमला कसका लागि फाइदाजनक ?

    डा. दीक्षाका अनुसार अमलाले ४० वर्षभन्दा मुनिका लाई बढी फाइदा पुर्याउँछ । यद्यपि, जसलाई जोर्नी दुखाईको समस्या छ उनीहरुले अमला खानु हुँदैन । तर यदि कसैलाई एसिडिटीको समस्या छ भने बिहान बेलुका अमला खान सकिन्छ ।

    अमलाको स्वाद अमिलो हुन्छ, अमिलोको अर्थ तातो हुन्छ । अमलामा केही नमिसाइकनै यसलाई प्रयोग गर्न सकिन्छ । अमलामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले रुखोपनालाई पनि नष्ट गर्छ । अमलामा पञ्चरस हुन्छ । अमलामा भिटामिन सी पनि हुन्छ जसले कोभिडमा पनि मद्दत गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij